‘के घर के डेर’ले शंखे दादा भनेर चिनाउँछ –अभिनेता विपिन
निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘के घर के डेरा’ ले समाजको यर्थाथ व्यक्त गर्ने बताए । उनले फिल्मले घर हुने र नहुनेलाई समेत एउटै सूत्रमा जोड्ने धारणा राखे ।
हरेक फिल्म समाजसँग नजिक रहेर प्रस्तुत गर्दै आएका उनले ‘के घर के डेरा’ पनि समाजसँग नजिक रहेर निर्माण गरेका हुन् । फिल्मले डेरामा बस्ने र घर हुनेको कथा एकदमै आकर्षक रुपमा उठाएको छ । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्देशक खनालले फिल्म राम्रो बनेकाले दर्शकले रुचाउने सुनाए ।
विभिन्न जनरमा फिल्म बनाउन माहिर दीपेन्द्रले यो फिल्म कमेडी जनरामा निर्माण गरेका छन् । दर्शकलाई केही फरक टेष्ट दिन आफू फेरि कमेडी जनरामा फर्किएको उनले सुनाए । दीपावलीको अवसर पारेर कात्र्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले तिहारको फिल्म व्यवसायिक रुपमा सफल हुने आशा ‘फेस्टिभल मुड’ समेत निर्माण गने बताए ।
प्रदीप रिमालले ‘के घर के डेरा’को नामबाट फिल्म बनाएको ३७ वर्षपछि अहिले सोही शिर्षकमा फिल्म बनेको हो । पहिले बनेको ‘के घर के डेरा’ को कथा र अहिलेको कथा फरक रहेको खनालको भनाई रहेको छ । खनालले भने, ‘शीर्षक एउटै भए पनि यी दुई फिल्मको कथावस्तु र निर्माण फरक छ ।’ कार्यक्रममा अभिनेता दयाहाङ राईले ‘के घर के डेरा’ कथा एकदमै राम्रो भएको बताए । उनले फिल्मको कथामात्र नभएर फिल्म समेत राम्रो बनेको दाबी गरे । दर्शकका लागि पूर्ण मनोरञ्जन दिने फिल्म ‘के घर के डेरा’ रहेको बताएका राईले फिल्ममा आफ्नो भूमिका अहिलेसम्मकै फरक रहेको दाबी गरे ।
अभिनेता विपिन कार्कीले ‘पशुपतिप्रसाद’बाट बनेको आफ्नो भष्मे डनको इमेजलाई यसको शंखे दादाले मेटाइदिने बताए । उनले फिल्ममा आफूले निर्वाह गरेको पात्रले दर्शकमा गहिरो छाप समेत छोड्ने विश्वास व्यक्त गरे । आफूले कुनैपनि चरित्र निर्वाह गर्दा क्यामेरा अफ भएपछि चरित्रबाट नर्मल अवस्थामा फर्किन समय लाग्ने विपिनले सुनाए ।
अभिनेत्री सुरक्षा पन्तले पिःलमसँग आफ्नो अभिनयमात्र नभएर भावानात्मक सम्बन्ध समेत भएको बताइन् । इन्जिनियरकी विद्यार्थी समेत रहेकी अभिनेत्री सुरक्षा पन्तले व्यावसायिक रुपमा पनि घरसँग आफ्नो लगाव रहेको सुनाइन् । उनले भनिन्, ‘घरसँग वास्तवमा पुरुषको भन्दा महिलाको भावाना गहिरो हुन्छ ।’ फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?