पाल्पामा गठबन्धन भर्सेस एमाले, यी हुन् प्रतिस्पर्धी
आसन्न प्रतिनिधिसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारुढ गठबन्धनबीच भएको सिट बाँडफाँटमा एउटा क्षेत्र कांग्रेसले र अर्को क्षेत्रमा नेकपा एकीकृत समाजवादी केन्द्रले उम्मेदवारी दिने सहमति भएको थियो ।
सोही सहमति अनुसार क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले ज्ञानबहादुर गाहालाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा नेकपा एमालेले नारायणप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । यस्तै, जनता समाजवादी पार्टी नेपालबाट मेहरमान राना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर सिंजाली, मंगोल नेशनल अर्गनाइजेसनबाट थम्मन बहादुर बुढा मगर, राष्ट्रिय जनमुक्ति पार्टीबाट उजर सिं दर्लामी उम्मेदवार छन् ।
यस क्षेत्रमा राजु सुनार, विपिन कडेल, नारायण न्यौपाने र डोलराज तिमिल्सिना स्वतन्त्र उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट ठाकुर प्रसाद गैरे उम्मेदवार छन् । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेय उम्मेदवार छन् ।
यहाँ जनता समाजवादी पार्टी नेपालबाट दुर्पता सोमै, नेपाल मजदुर किसान पार्टीबाट शिवसुन्दर धुख्वा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट खडानन्द गैरे, मंगोल नेशनल अर्गनाइजेसनबाट मनबहादुर दर्लामी, राष्ट्रिय जनमुक्ति पार्टीबाट हुमबहादुर थापा मगर, नेपाल आमा पार्टीबाट तारा बहादुर खत्री, जनसमाजवादी पार्टी नेपालबाट देव बहादुर हिस्की र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोमप्रसाद गैरे उम्मेदवार छन् ।
यहाँ उपेन्द्रराज गहिरे, केशर वहादुर आले र जीवलाल सुवेदी स्वतन्त्र उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण