आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैनः विष्णु पौडेल

बिहीबार, २७ असोज २०७९, २० : १२
बिहीबार, २७ असोज २०७९

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसीर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका पौडेलले देशलाई संकटको भूमरीबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्नुपर्ने जिकीर समेत गरेका हुन् । 

बिहीबार रुपन्देहीको क्षेत्र नम्बर ५ मा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले एमालेको विजयीलाई सुनिश्चित हुनेगरी निर्वाचनको काममा खटिन पनि स्थानीय नेता, कार्यकर्तालाई निर्देशन दिए । उपाध्यक्ष पौडेलले भने, ‘नेकपा एमालेको नेतृत्वमा हामीले पार्टीबाट संस्थागत निर्णय गरेर हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका छौँ । कमरेड केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण गरेर अगाडि बढनुको कुनै विकल्प हामीसँग छैन ।’ उपाध्यक्ष पौडेलले निर्वाचनमा उम्मेदवारी दिने बेलामा माथिबाट केही गल्ती भएको हुन सक्ने भन्दै त्यसमा चित्त नदुखाउन पनि पार्टीका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप