शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रोचक बन्दै काठमाडौंका १० निर्वाचन क्षेत्रको चुनावी प्रतिस्पर्धा : एमालेदेखि गठबन्धनसम्मलाई ‘सेलिब्रेटी’को चर्को धावा

दश पदका लागि ३५९ जना मैदानमा
बिहीबार, २७ असोज २०७९, २० : २५
बिहीबार, २७ असोज २०७९

देशकै राजधानी रहेको काठमाडौंका १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १०२ स्वतन्त्रसहित विभिन्न पार्टीका २५७ गरी ३५९ जनाले उम्मेदवारी दिएका छन् । अस्थिर मतदाता रहने काठमाडौंको सात नम्बर निर्वाचन क्षेत्रमा राजनीतक दलकाभन्दा बढी स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका हुन् ।

यो जिल्लाको कतिपय निर्वाचन क्षेत्रमा रञ्जु दशर्नादेखि रवीन्द्र मिश्र, पूर्वप्रहरी अधिकृत रमेश खरेल जस्ता ‘सेलिव्रटी’हरु उम्मेदवार बनेका छन् । काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा गणेशमान पुत्र प्रकाशमान सिंहदेखि भर्खरै विवेकशील साझा छाडेर राप्रपा प्रवेश गरेका चर्चित सञ्चारकर्मी समेत रहेका रवीन्द्र मिश्र समेत यही क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन् । काठमाडौं १ बाटै एमालेका किरण पौडेल प्रतिस्पर्धामा उत्रिएका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका सिंह साझा उम्मेदवार हुन् भने एमाले, राप्रपाका पौडल र मिश्र छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने भएकाले त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

यही क्षेत्रबाट नेपाल प्रहरीका पूर्वप्रहरी अधिकृत रमेश खरेलले समेत उम्मेदवारी दिएका छन् । सिंह, पौडेल र मिश्रबाहेक नेपाल मजदुर किसान पार्टीका हरि शरण श्रेष्ठ,लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रकाश नायजु, जनमत पार्टीका हरेन्द्र चौधरी, मौलिक जरोकिलो पार्टीका प्रकाश श्रेष्ठ , हाम्रो नेपाली पार्टीका डम्वर शाहु समेतले उम्मेदवारी दिएका छन् । यो क्षेत्रका जम्मा ३२ उम्मेदवारमध्ये २१ उम्मेदवार राजनीतिक पार्टी र ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यही निर्वाचन क्षेत्रबाट नेपालका लागि नेपाली पार्टीका बाल कृष्ण न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका शान्ति देवी के.सी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) सुरेन्द्र प्रसाद ढकाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मन्जु राना मगर, नेश्नलिष्ट पिपल्स पार्टीका इन्द्र बहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टी मान बहादुर राई, नेपाली कांग्रेस (बी.पी.) रिषम भट्टराई, नेपालवादका  किरण कुमार शर्मा पौडेल, विवेकशील साझा पार्टी शंकर बन्जाडे, आमूल परिवर्तन मसिहा पार्टी नेपालका हरी कुमार घल,े नेपाल सुशासन पार्टी रमेश प्रसाद खरेल, जनसमाजवादी पार्टी नेपाल  मनिता (लिगल) श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका   पुकार बम समेतले उम्मेदवारी दिएका छन् ।

काठमाडौ १ बाट ११ जना स्वतन्त्र उम्मेदवारमा गोमा खतिवडा, अधिकारी, सुनिता बसेल, खुमकला लामिछाने, संगीता बोगटी, दुर्गा प्रसाद लिम्बु, कुल बहादुर तमाङ, निर्जल शाह, मीरा विष्‍ट, देब शर्मा, संगिता राजबाहक र सीता तामाङ केसीले उम्मेदवारी दिएका छन् ।

काठमाडौं २ मा १ प्रतिनिधि सभा सदस्यका लागि १० स्वतन्त्रसहित ३० जनाले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट पुर्वसभामुख समेत रहेकी माओवादी नेतृ ओनसरी घर्ती र एमालेबाट मणिराम फुयाँलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा एमालेबाट फुयाल र माओवादीबाट घर्तिबाहेक अन्य २० राजनीतिक दलले उम्मेदवारी दिएका छन् । जसमा जनता समाजवादी पार्टी नेपालका गोपाल बहादुर टन्दुकार, राष्ट्रिय प्रजातन्त्र पार्टी कुन्ती देवी पोखरेल(उपाध्याय), नेपाल मजदुर किसान पार्टी अनिल श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मधुसुदन पुडासैनी, जनमत पार्टी गणेश प्रसाद पुडासैनी, मौलिक जरोकिलो पार्टीका लक्ष्मण पोखरेल, हाम्रो नेपाली पार्टी कोषराज सुवेदी, पुनर्जागरण पार्टी नेपालका बिजेन्द्र बस्नेत, नेपालका लागि नेपाली पार्टीका राम मणि नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश वास्तोला, मंगोल नेशनल अर्गनाइजेसन सीता तामाङ, गान्धीवादी पार्टी नेपाल विदुर प्रसाद सिंखडा, राष्ट्रिय जनमुक्ति पार्टीका चिरिन्जिीवि राई, कांग्रेस (बी.पी.) का हेम विक्रम सिल्वाल, नेपालवादका  ईश्‍वर गौतम, विवेकशील साझा पार्टी धनेज थापा, सचेत नेपाली पार्टी पुण्य प्रसाद प्रसाई र राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतमले उम्मेदवारी दिएका छन् ।

यस्तै १० स्वतन्त्रमा काशिराज पुडासैनी, अनुप बोहरा, प्रकाश अधिकारी, विनोद प्रसाद घिमिरे, प्रकाश अधिकारी, भगवती ढकाल, दिनेश खडका, बलराम चौलागाई,कृष्ण अधिकारी र कृष्णराम पुरीले प्रतिस्पर्धा गर्दैछन् ।

काठमाडौं–३ बाट २३ जनाले उम्मेदवारी दिएकोमा ८ जना स्वतन्त्र उम्मेदवार छन् । जसमा एमालेका कृष्ण बहादुर राई र सत्ता गठबन्धन दलका तर्फबाट  नेपाली काँग्रेस सन्तोष चालिसे र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बद्रिप्रसाद बजगाईं छन् । यो क्षेत्रमा सत्ता गठबन्धनमै भएपनि कांग्रेस माओवादीले आआफ्ना उम्मेदवार खडा गरेका छन् । यस्तै जनता समाजवादी पार्टी नेपालका मोहन कुमार विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरी, नेपाल मजदुर किसान पार्टीका  विशोक डंगोल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मोहन बहादुर बस्नेत, जनमत पार्टी गोविन्द नेपाल, मौलिक जरोकिलो पार्टीका समिना न्यौपाने, हाम्रो नेपाली पार्टीका द्वारिका अधिकारी, मंगोल नेशनल अर्गनाइजेसन कृष्ण काजी श्रेष्ठ , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नुर्पु गेन्जेन सेर्पा, सामाजिक लोकतान्त्रिक पार्टीका रक्षकुमार राई, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नेत्र बहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा बिक्रम थापा क्षेत्रीले उम्मेदवारी दिएका छन् ।

केदार नाथ मिश्र, दिनेश खनाल, कविता विष्ट सुनार, राजेश बिष्ट, विन्दु मगर, श्रीकृष्ण ज्योती,जगन्नाथ देवकोटा  र निरञ्‍जन पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

काठमाडौं क्षेत्रनम्बर ४ मा एमालेका राजन भट्टराई, कांग्रेसका महामन्त्री समेत रहेका गगन कुमार थापादेखि सशस्त्र प्रहरीका पुर्व एआइजीपी समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी डा ठाकुर मोहन श्रेष्ठसहितले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा एमालेका भट्टराई र कांग्रेसका थापाबीच कडा टक्कर हुने देखिएको छ । थापा यसअघि पनि यहीक्षेत्रबाट निर्वाचित भएका थिए । यसपटक थापालाई विस्थापन गर्न भट्टराईले सम्पुर्ण शक्ति खर्चिने प्रयास गरेका छन् ।

त्यस्तै अन्य उम्मेदवारमा  नेपाल मजदुर किसान पार्टीका  रमेश डंगोल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका  भानु कुमार खड्का, मौलिक जरोकिलो पार्टीका नुम नाथ प्याकुरेल, हाम्रो नेपाली पार्टीका अर्चन शम्शेर राणा, पुनर्जागरण पार्टी नेपालका श्याम बाबु गौतम, नेपालका लागि नेपाली पार्टीका दिपक कुमार पोखरेल, मितेरी पार्टी नेपालका राजेश भारती, नपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) लिला माया पौडेल, मंगोल नेशनल अर्गनाइजेसनका लाल कुमारी थापा राना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पिकेश परियार, राष्ट्रिय जनमुक्ति पार्टीका चेत बहादुर आले, एकीकृत शक्ति नेपालका  नवराज भण्डारी, आमूल परिवर्तन मसिहा पार्टी नेपालका ध्रुव राज गिरी, जनसमाजवादी र पार्टी नेपालका  खुरहरी पुडासैनी उम्मेदवार छन् ।

यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिनेमा श्‍याम राज भेटवाल, थर्क बहादुर बस्नेत, अर्जुन कुमार प्रसाई, रोहित डंगोल, रोशन वर्मा, हेम बहादुर बोम्जन, रविन्द्र देव ढकाल, महेश्‍वर केसी, नवराज थापा, रुद्र प्रसाद पौडेल, कृष्ण कुमार तामाङ्ग, दिनेश चौलागाँई, काजी बहादुर कार्की र शिबेन्द्र केसी रहेका छन् ।

काठमाडौ जिल्लाको हेभिवेट नेता प्रतिस्पर्धा गरेको निर्वाचन क्षेत्र हो काठमाडौं–५ । यहाँ नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्नो दोस्रो जीत निकाल्ने प्रयत्नमा हुँदा सत्ता गठबन्धनबाट युवा नेता प्रदीप पौडेल र रञ्जु दर्शनाले समेत प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालका भिम बहादुर मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका राम प्रसाद उप्रेती, नेपाल मजदुर किसान पार्टी  शैलेश डंगोल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका दानिन्द्र जोशी, मौलिक जरोकिलो पार्टीका राम कृष्ण परियार, हाम्रो नेपाली पार्टी मधुसुदन पाठक, नेपालका लागि नेपाली पार्टीका सागर ख्रडका, नेश्नलिष्ट पिपल्स पार्टीका लवली थापा, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)का  टिकमाया गुरुङ्ग पनि उम्मेदवार बनेका छन् । त्यस्तै  नेपालवादका  दिपक कुमार शर्मा, एकीकृत शक्ति नेपालका  दिपक सिंह, जनसमाजवादी पार्टी नेपालका  राजु विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका डा.प्रणय शम्शेर राणा समेत उम्मेदवार छन् ।

यो क्षेत्रमा स्वतन्त्रतर्फ श्रीराम गुरुङ, विनिता अर्याल, बाबुराम पोखरेल, गोपीलाल न्यौपाने, सुशान्त श्रेष्ठ, कृष्णराज श्रेष्ठ, बिजय कंडेल, शान्तिराम पाण्डे, कुमार कोइराला, नारायण प्रसाद दाहाल, रन्‍जु दर्शना (न्‍यौपाने) शैलेन्द्र बस्नेत, हेमराज थापा र रमेश केसी प्रतिस्पर्धा गर्दैछन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा  एमालेबाट नेपाल प्रहरीका पुर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल र सत्ता गठबन्धनबाट पूर्व रक्षामन्त्री समेत भएका भीमसेनदास प्रधानबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यो क्षेत्रमा ११ स्वतन्त्रसहित २४ उम्मेदवारी चुनावी मैदानमा होमिएका छन् । जसमा खनाल र प्रधानबाहेक  जनता समाजवादी पार्टी, नेपालका मनोज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णु प्रसाद आचार्य, नेपाल मजदुर किसान पार्टीका  सनकमान महर्जन, मौलिक जरोकिलो पार्टीका कमल न्यौपाने,  हाम्रो नेपाली पार्टीका मुकुन्द सिलवाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मह्श्वर कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका तारा रसाइली, विवेकशील साझा पार्टीका अजित खड्का, एकीकृत शक्ति नेपालका काजी कार्की, नेपाल आमा पार्टीका राजेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर  खनाल उम्मेदवार छन् ।

स्वतन्त्रतर्फ  बि‍ष्‍णु प्रसाद ढकाल, दिपु उप्रेती, जनक राज थपलिया, संजय मान श्रेष्ठ, प्रेमसागर कर्माचार्य, निर्देश सिलवाल, सानु कान्छा महर्जन बल बहादुर के.सी, किरण इङनाम, खगेन्द्र ढकाल र राजेश श्रेष्ठ (मास्के)ले उम्मेदवारी दिएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा २९ जनाले उम्मेदवारी दिएकोमा १६ जना स्वतन्त्र छन् ।  यही क्षेत्रमा एमालेबाट यसअघि जितेका रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दिँदा एमालेले श्यामकुमार घिमिरेलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी समेत रहेकी  अस्मिता सिहं (मानुषी) यमि भट्टराई सत्ता गठबन्धनका तर्फबाट माओवादीको चुनाव चिह्नबाट उम्मेदवार बनेकी छन् । त्यस्तै जनता समाजवादी पार्टी, नेपालबाट समान्य प्रशासन मन्त्री समेत रहेका राजेन्द्र प्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन् । यहाँ यमी, घिमिरे, श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा मानन्धरले जसलाई सघाउछन् उसको विजय जित नजिक हुने देखिन्छ ।  

यी बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका धुब विक्रम मल्ल, नेपाल मजदुर किसान पार्टीका  किरण महर्जन, हाम्रो नेपाली पार्टी प्रबेन्द्र पोख्रेल, नेपालका लागि नेपाली पार्टी राम नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुमार खाकी श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टी जुजु काजी महर्जन, नेपाली कांग्रेस (बी.पी.) का कमला भुसाल, नेपाल आमा पार्टीका कृष्ण प्रसाद दवाडी, जनसमाजवादी पार्टी नेपालका  शैलेस राज श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका   गणेश पराजुली उम्मेदवार छन् । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारको बाढी छ ।

स्वतन्त्र उम्मेदवारहरुमा राजकुमार कोइराला, हेम बहादुर ढुंगेल, प्रशन्न कुमार अर्याल, भरत तामाङ्ग, लक्ष्‍मण प्रसाद गजुरेल, ईश्‍वर अर्याल, जानुका पौडेल, मञ्जु माया तामाङ, प्रकाश  कुँवर, यादध्ब लाल कायष्थ, लोक प्रसाद सिंखडा, रविन्द्र कुमार श्रेष्ठ, सुजन रत्न बज्राचायर्, रामबिर मानन्धर, रोजिना अवाले र किरण केसी रहेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा  प्रतिनिधि सभाको १ पदका लागि स्वतन्त्र तीनसहित १९ उम्मेदवार चुनावी मैदानमा छन् । जसमा एमालेका  शिव सुन्दर राजवैद्य र सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा राजवैद्य र जीवनरामबाहेक जनता समाजवादी पार्टी, नेपाल मनोज कुमार खड्गी(नेवा), राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमाल, नेपाल मजदुर किसान पार्टीका  कृष्ण माया मानन्धर, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका  सन्तोष देउला, जनमत पार्टीका शान्त बहादुर शाक्य, हाम्रो नेपाली पार्टीका सुमन सायमी, जनता प्रगतिशिल पार्टी, नेपालका रेख कुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजेन्द्र थापा, राष्ट्रिय जनमुक्ति पार्टीका रमेश कुमार डंगोल, नेपाल संघीय समाजवादी पार्टीका विजय डंगोल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका छत्र कुमार पाख्रिन, सचेत नेपाली पार्टीका सुमन कुमार बलामी, नेपाली जनता दलका रेशम  वहादुर सुना र राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

तीन जना स्वतन्त्रमा दुर्गा देवी महर्जन, दीपक प्रसाद खनाल र  हेमराज बरालले उम्मेदवारी दिएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९मा  २२ जना उम्मेदवारमध्ये १२ विभिन्न पार्टीका उम्मेदवार बन्दा १० जना स्वतन्त्र उठेका छन् । यो क्षेत्रमा एमालेबाट स्थायी कमिटी सदस्य  कृष्ण गोपाल श्रेष्ठ उम्मेदवार बन्दा उनको प्रतिस्पर्धीका रुपमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका  कल्पना धमला मैदानमा छन् । श्रेष्ठ र धमलाबीच मूख्य प्रतिस्पर्धा हुने ठानिएको यो क्षेत्रमा   जनता समाजवादी पार्टी, नेपालका शर्मिला सुवाल (डंगोल), राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधान, नेपाल मजदुर किसान पार्टीका  सुमन महर्जन, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रजुल जोशी, मौलिक जरोकिलो पार्टी अम्बिका थापा, हाम्रो नेपाली पार्टी ईरस श्रेष्‍ठ, राष्ट्रिय जनमुक्ति पार्टी उजला स्थापित, साझा पार्टी नेपाल मिलन पाण्‍डे, नेपाली कांग्रेस (बी.पी.) का रमेश थापा, राष्ट्रिय स्वतन्त्र पार्टी टेक बहादुर पोखरेल उम्मेदवार रहेका छन् । यो क्षेत्रमा साझाका मिलन पाण्डेले पनि राम्रै मत ल्याउने अनुमान छ ।

काठमाडौ– ९ मा स्वतन्त्रतर्फ उद्धव रोक्का, डा. ज्ञान बहादुर बस्नेत,भाइराजा भण्‍डारी, लक्ष्‍मण सिंह खड्‍का, सुनील रिजाल, रचना श्रेष्ठ, गणेश थापा,राम कुमार रिजाल, स्वतन्त्र मधु कार्की र राजेन्द्र पसाद पाठक उम्मेदवार बनेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १०मा सत्ता गठबन्धनकै दुई उम्मेदवार उठेका छन् । यहाँनेपाली काँग्रेस राजेन्द्र कुमार के.सी उम्मेदवार बन्दा माओवादीबाट अन्‍जना विशंखे पनि उम्मेदवार छन् । त्यस्तै एमालेबाट हिमेस के.सी प्रतिस्पर्धामा छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी बलराम थापा, नेपाल मजदुर किसान पार्टीका  नारायण महर्जन, मौलिक जरोकिलो पार्टीका सृजना बर्तौला, हाम्रो नेपाली पार्टी इन्द्र बहादुर बराल, नागरिक उन्मुक्ति पार्टीका कुमार लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पूर्ण लाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका धन केशर सुर्यवंशी, नेपाली कांग्रेस (बी.पी.) का सन्त प्रसाद श्रेष्‍ठ, विवेकशील साझा पार्टीका सनन श्रेष्‍ठ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चेत बहादुर मुक्तान, नेपाल आमा पार्टीका गंगा प्रसाद भेट्वाल र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्‍ट प्रतिस्पर्धा गर्दैछन् । यस्तै स्वतन्त्रतर्फ  राजकुमार थापा, रामबाबु ठाकुर र  तिलक बहादुर रिज्यालले उम्मेदवारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप