गठबन्धनले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने

मंसिर ४ गते हुने आम निर्वाचनमा सत्तारुढ गठबन्धन संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन नारा दिएर चुनावमा जाने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नारा दिएर चुनावमा होमिने निर्णय गरेको हो ।
यस्तै बैठकले सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । जसअनुसार कार्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा (११ बजे, नेकपा(एस) ले व्यवस्थापन गर्ने), कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवल (२ बजे - नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने), कार्तिक ५ गते विराटनगर (११ बजे- नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्न), कार्तिक ५ गते २ बजे जनकपुर (लोसपालाई पनि आमन्त्रण गर्ने र व्यवस्थापन नेपाली काङ्ग्रेसले गर्ने, कार्तिक ६ गते धनगढी (११ बजे व्यवस्थापन नेकपा(माओवादी केन्द्र)ले गर्ने), कार्तिक ६ गते सुर्खेत ( २ बजे, नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने) र कार्तिक ७ गते काठमाडौँ (११ बजे - नेकपा(माओवादी केन्द्र) ले व्यवस्थापन गर्ने) भएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३/३ जना सहभागी हुने निर्णय गरिएको छ । त्यस्तै जुन पार्टीले व्यवस्थापन गर्ने हो उसले भेलाको आयोजना गर्नेछ । भेलामा प्रमुख नेताहरु वक्ताहरू हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु