शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले भर्सेस गठबन्धन : ललितपुरका ३ वटा क्षेत्रमा को–को छन् उम्मेदवार ?

बिहीबार, २७ असोज २०७९, १९ : २९
बिहीबार, २७ असोज २०७९

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ललितपुरको ३ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन भर्सेस एमालेबीच भिडन्त हुँदैछ । ललितपुर १ मा एमालेले नवराज सिलवाललाई उम्मेदवार बनाएको छ ।

सिलवाल अघिल्लो निर्वाचनमा विजयी भएका थिए भने यो पटक उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका  उदय शमशेर राणासँग हुँदैछ । सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका गोपाल राज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दिप आचार्य, नेपाल मजदुर किसान पार्टीका कविन्द्र डंगोल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनिष बहादुर श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनका सूर्य तामाङ्ग बल, नेश्नलिष्ट पिपल्स पार्टीका सुभद्रा महर्जन, राष्ट्रिय जनमुक्ति पार्टीका बालकृष्ण घिमिरे, आमूल परिवर्तन मसिहा पार्टी नेपालका विष्णु लामा र राष्ट्रिय स्वतन्त्र पार्टीका  सचिन कुमार घिमिरे उम्मेदवार छन् । 

यस्तै स्वतन्त्रबाट गोविन्द घिमिरे के.सी., सुमन भुम्जन, राज कुमार तिमिल्सिना,  फूल माया लो,  नवराज घिमिरे,  विशाल तामाङ, भुपेन्द्र सिलवाल, गोकुल तिमल्सिना, शैलेन्द्र बिष्ट र  कृष्णकाजी महर्जन उम्मेदवार रहेका छन् । 

यस्तै ललितपुर २ मा एमालेका प्रेम बहादुर महर्जन र नेकपा एकीकृत समाजवादीका कृष्ण लाल महर्जनबीच प्रतिस्पर्धा हुँदैछ । महर्जनलाई सत्ता गठबन्धनको समर्थन छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापा, नेपाल मजदुर किसान पार्टीका  राज वीर डंगोल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका  लक्ष्मण शाही, हाम्रो नेपाली पार्टीका सुदिन शाक्य, मंगोल नेशनल अर्गनाइजेसनका खेम प्रसाद श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भुवान सिं लिम्बु, नेश्नलिष्ट पिपल्स पार्टीका निरञ्जन गणेश, राष्ट्रिय जनमुक्ति पार्टीका सुरोज अवाले, एकीकृत शक्ति नेपालका  सुरेश महर्जन, नेपाल सुशासन पार्टीका जय बहादुर खत्री, जनसमाजवादी पार्टी नेपालका  शिव पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्ध रत्न महर्जनको पनि सोही क्षेत्रमा उम्मेदवारी छ।  

यस्तै स्वतन्त्रका संजीव चौधरी,  ऋषि राज भेटवाल, दीपेश कुमार के.सी., सरिना लाखे (श्रेष्ठ), बिकास शाक्य,  हेरा काजी अवाले, निरज भक्त माथेमा र राधिका सुवेदी पनि चुनावी मैदानमा छन् । 

ललितपुर  ३  मा भने माओवादीकी पम्फा भुसाल र एमालेका अमृत खड्काबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका निरन्जन थापा, नेपाल मजदुर किसान पार्टीका  निरज लवजू, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका  किरण शाही, मौलिक जरोकिलो पार्टीका धिरेन्द्र सोडारी, हाम्रो नेपाली पार्टीका राजा राम तण्डुकार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजेन्द्र प्रसाद ओझा, संघीय लोकतान्त्रिक राष्ट्रियका मञ्च बिष्णु कुमार लिम्बु, नेश्नलिष्ट पिपल्स पार्टीका चिरञ्जीवि सापकोटा, आमूल परिवर्तन मसिहा पार्टी नेपालका सपना महर्जन, नेपाल आमा पार्टी (एकल चुनाव चिन्ह) का कविता राई र राष्ट्रिय स्वतन्त्र पार्टीका तोसीमा कार्कीको उम्मेदवारी रहेको छ । 

यस्तै स्वतन्त्रबाट रघुनाथ के सी,  राधे श्याम खड्का, कृष्ण भक्त ब्रम्हचार्य,  चिरन थापा,  विष्णु महर्जन,  जेसन देज वैध्य र  संजय महर्जनको उम्मेदवारी रहेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप