शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा गोकुल बाँस्कोटादेखि सूर्यमान तामाङसम्मको कस्तो आउला चुनावी नतिजा ?

बिहीबार, २७ असोज २०७९, १९ : १०
बिहीबार, २७ असोज २०७९

काभ्रेको दुई निर्वाचन क्षेत्रमा ३३ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रेशम बहादुर लामालाई चुनाव लडाएको छ भने गठबन्धनबाट माओवादी केन्द्रका सूर्य मान तामाङ (दोङ) चुनावी मैदानमा छन् । 

यस्तै सोही क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालले धन वहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण बहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीले पूर्ण सिङ तामाङ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले प्रकाश  लामा, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले प्रशान्त के.सी. तिमल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गोविन्द राज गिरी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ले गणेश कुमार कपाली, मंगोल नेशनल अर्गनाइजेसनले कमल बहादुर  लामा (तामाङ), नेपाल कम्युनिष्ट पार्टीले परिवर्तन जोग मान लामा, राष्ट्रिय स्वतन्त्र पार्टीले  बसु नारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ।  

यस्तै स्वतन्त्रबाट  ज्ञानेन्द्र कुमार तामाङ, जीत बहादुर मोक्तान, राजन घोरासाइने, माधव प्रसाद कँडेल र  रुकमीणी श्रेष्ठ उम्मेदवार रहेका छन् । यस्तै काभ्रेपलाञ्चोक २   मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले गोकुल प्रसाद बाँस्कोटालाई उम्मेदवार बनाएको छ । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका शिव प्रसाद हुमागाई उम्मेदवार रहेका छन् । यसबाहेक सोही क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका  सिद्धि बहादुर जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका यसु आले मगर, नेपाल मजदुर किसान पार्टीका  कृष्ण कुमार वैद्य, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका  योक बहादुर घिसिङ, मंगोल नेशनल अर्गनाइजेसनका अचम्म लामा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विजय तामाङ, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन का  उत्तर कुमार लामा, नेपाल नौलो जनवादी पार्टीका गंगा लाल श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका  दिनेश हुमागाईं चुनावी मैदानमा छन् । 

यस्तै स्वतन्त्रबाट  स्वयम्भु राज शाक्य,  मनोज पण्डित, शेषराज लामिछाने,  कृष्ण खत्री र  बोध नाथ न्यौपाने चुनावी मैदानमा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप