शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु, समानुपातिकको मतपत्र छपाई जारी

बिहीबार, २७ असोज २०७९, १९ : ०५
बिहीबार, २७ असोज २०७९

निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट नै सुरु गर्ने जनाएको छ । बिहीबार सञ्चारमाध्यमहरूसँगको कुराकानीमा आयोगले यस्तो बताएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट सुरु गर्ने बताए ।  उनले समानुपातिकतर्फको मतपत्र छपाई कार्यक्रम जारी रहेको प्रत्यक्षतर्फको मतपत्र छपाई आजबाट सुरु गर्ने बताए ।  

यस्तै रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी किन खारेज भएको ? भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्वाचन आयुक्त भुसालले यसको निर्णय निर्वाचन अधिकारीको हातमा रहेको उल्लेख गरे । उनले उम्मेदवार दिएको व्यक्ति योग्य हो वा होइन भन्ने कुराको निर्णयको अधिकार निर्वाचन अधिकृतलाई रहेको भन्दै निर्णय भइसकेको कुरालाई आयोगले क्षेत्राधिकार मिचेर यही हुनुपर्छ भन्न नमिल्ने बताए । उनले कानुनी रूपमा उपचार खोज्न आएको खण्डमा भने आधिकारिकता आइसकेपछि अदालत वा निर्वाचन आयोगको क्षेत्राधिकार कुनमा पर्छ त्यही अनुसार कानुनी कारबाही हुने बताए ।

उनले न्यायाधीशहरू नै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतहरू भएको उल्लेख गर्दै प्रमाण संकलन, मूल्यांकन गर्ने, प्रमाणको विश्लेषण गर्ने र त्यो प्रमाणको विश्लेषण गरी एउटा निचोडमा पुग्ने काममा त्रुटी हुन नसक्ने जिकिर गरे । उनले निर्वाचनका लागि कानुनमा अभ्यस्त भएको व्यक्तिलाई नै पठाएको भन्दै कानुन, ऐन, नियम, आयोगले बनाएको निर्देशिका लगायत सम्पूर्ण कारबाही हेरेर नै निष्कर्ष निकालेकोमा आयोग विश्वस्त रहेको बताए ।  

निर्वाचन आयुक्त भण्डारीले सरकारको कोष वा सरकारको लगानी रहेको विभिन्न संस्था, निकायहरूको कोषबाट रकम बुझ्ने व्यक्तिहरूलाई आयोगले उम्मेदवारको लागि योग्य ठहर गर्न नसक्ने बताए । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी खारेज भएको थियो । उनीविरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप