बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल आँखा उपचारमा कमजोर

बिहीबार, २७ असोज २०७९, १८ : ४६
बिहीबार, २७ असोज २०७९

नेपाल आँखा उपचारमा कमजोर रहेको सरोकारवाला निकायहरूले नै स्वीकारेका छन् । बिहीबार स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले विश्व दृष्टि दिवसको अवसरमा ‘आँखालाई माया गरौं’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा प्राथमिक आँखा उपचारको क्षेत्रमा नेपाल पछाडि रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले बताए ।

विद्यालयमा आँखा र कानको परीक्षण गरिएमा आरक्षण प्रणाली नै कम हुने महानिर्देशक डा. सिंहको जिकिर छ । विद्यालयमै आँखा र कानको परीक्षणको व्यवस्था गरिएमा पहिलो चरणमै स्वास्थ्य अवस्था थाहा पाएर सोहीअनुसार उपचार र अगाडि बढ्नका लागि वातावरण सृजना हुने उनले बताए ।

विश्वका अन्य देशहरुमध्ये नेपालले आँखा स्वास्थ्यका विषयमा महत्त्वपूर्ण योगदान पु¥याएपनि प्राथमिक आँखा उपचारको सन्दर्भमा धेरै पछाडि रहेको उनले बताए । उनले प्राथमिक आँखा उपचारलाई पाठ्यक्रममा समावेश गरिनुपर्नेमा जोड दिए । आँखासम्बन्धी शिक्षा अभिभावक र बालबालिकाले नपाउँदा सामान्य समस्याबाट जटिलतातिर पुग्ने गरेको कार्यक्रममा सहभागीहरूले बताएका छन् ।

यस्तै, प्राथमिक आँखा उपचार सेवा कार्यक्रमलाई प्रभावकारी बनाउन राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिको मसौदा राय सुझाव लिइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, आँखाको उपचार गर्ने अस्पतालहरूको म्यापिङ भइरहेको समेत  मन्त्रालयले जनाएको छ । यस्तै, कार्यक्रममा तिलगंगा आँखा अस्पतालका निर्देशक डा. रिता गुरुङले सरकारले आँखा स्वास्थ्यसम्बन्धी समस्या सबै क्षेत्रका मानिसमा समस्या देखिने भएकाले आँखा उपचारको पहुँच दुर्गम क्षेत्रमा पुर्‍याउनुपर्ने बताइन् ।

सहरी क्षेत्रमा बासिन्दाहरूमा उपचारको पहुँच पुगेपनि दुर्गम भेगका जनता बञ्चित भएको उनको भनाइ छ । आँखा उपचार केन्द्र जिल्ला सदरमुकाममा केन्द्रित नभएर विकट क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाहरूले  स्थापना गर्नुपर्नेमा डा.गुरुङले बताइन् । नेपालमा मधुमेहका बिरामीलाई आँखा स्वास्थ्य समस्या देखिने भएकाले विशेष ख्याल गर्न उनको सुझाव छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप