अर्घाखाँचीमा ‘हेभी वेट’ प्रतिस्पर्धा, टोपबहादुर भर्सेस पुष्पा भुसाल
प्रतिनिधिसभा अन्तर्गत एउटा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा आसन्न निर्वाचनमा ‘हेभी वेट’ भिडन्त हुने भएको छ । यो क्षेत्रमा सत्तारुढ गठबन्धनले निवर्तमान उपसभामुख पुष्पा भुसाललाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले भने यो क्षेत्रमा पूर्व माओवादी नेता टोप बहादुर रायमाझीलाई उम्मेदवार बनाएको छ । उनी तत्कालीन नेकपा खारेजीपछि एमालेमा आवद्ध भएका हुन् ।
राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राख्न सक्ने भुसाल र रायमाझी बीचको प्रतिस्पर्धा निकै रोचक हुने आकलन गरिएको छ । यो क्षेत्रमा जनता समाजवादी पार्टी नेपालबाट नेत्र बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट होम नारायण वेल्वासे, नेपाल मजदुर किसान पार्टीबाट सुतेज दुवाल, हाम्रो नेपाली पार्टीबाट दुर्गा वन्जाडे, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट खलिल मियाँ, मंगोल नेशनल अर्गनाइजेसनबाट पूर्ण बहादूर थापा, राष्ट्रिय जनमुक्ति पार्टीबाट मधुबहादुर सारु, जन समाजवादी पार्टी नेपालबाट पीताम्बर अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरी प्रसाद भुसाल उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक