अर्घाखाँचीमा ‘हेभी वेट’ प्रतिस्पर्धा, टोपबहादुर भर्सेस पुष्पा भुसाल
प्रतिनिधिसभा अन्तर्गत एउटा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा आसन्न निर्वाचनमा ‘हेभी वेट’ भिडन्त हुने भएको छ । यो क्षेत्रमा सत्तारुढ गठबन्धनले निवर्तमान उपसभामुख पुष्पा भुसाललाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले भने यो क्षेत्रमा पूर्व माओवादी नेता टोप बहादुर रायमाझीलाई उम्मेदवार बनाएको छ । उनी तत्कालीन नेकपा खारेजीपछि एमालेमा आवद्ध भएका हुन् ।
राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राख्न सक्ने भुसाल र रायमाझी बीचको प्रतिस्पर्धा निकै रोचक हुने आकलन गरिएको छ । यो क्षेत्रमा जनता समाजवादी पार्टी नेपालबाट नेत्र बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट होम नारायण वेल्वासे, नेपाल मजदुर किसान पार्टीबाट सुतेज दुवाल, हाम्रो नेपाली पार्टीबाट दुर्गा वन्जाडे, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट खलिल मियाँ, मंगोल नेशनल अर्गनाइजेसनबाट पूर्ण बहादूर थापा, राष्ट्रिय जनमुक्ति पार्टीबाट मधुबहादुर सारु, जन समाजवादी पार्टी नेपालबाट पीताम्बर अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरी प्रसाद भुसाल उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण