बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर १ मा नेमकिपा बलियो, २ मा महेश बस्नेत भर्सेस दुर्लभ थापा

बिहीबार, २७ असोज २०७९, १८ : ३६
बिहीबार, २७ असोज २०७९

भक्तपुरमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर २ मा रोचक भिडन्त हुने देखिएको छ । क्षेत्र नम्बर १ मा भने नेमकिपा बलियो अवस्थामा छन् । नेमकिपाले प्रेम सुवाललाई नै दोहोर्याएको छ ।  सो निर्वाचन क्षेत्रबाट एमालेले नवराज गेलाललाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले गठबन्धनबाट सुनिल गोठेलाई उम्मेदवार बनाएको छ।  

यस्तै जनता समाजवादी पार्टी, नेपालले हिरालाल खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीले भरतबहादुर खड्का, मौलिक जरोकिलो पार्टीले वल राम प्रजापति, नेपालका लागि नेपाली पार्टीले अर्जुनप्रसाद नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले माधव खत्री, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ले दिपक लामिछाने, आमूल परिवर्तन मसिहा पार्टी नेपालले   डम्वर बहादुर थिङ्गलाई उम्मेदवार बनाएको छ । 

यस्तै स्वतन्त्रबाट अर्जुन कोजू, पुष्प राम गेलाल, सुलोचना छ्वाजु र गोकर्ण प्रसाद गेलाल उम्मेदवार रहेका छन् ।  यस्तै भक्तपुर २ मा भने एमालेले महेश बस्नेत र गठबन्धनबाट नेपाली काँग्रेसले दुर्लभ थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ । यी दुई उम्मेदवारबीच रोचक चुनावी भिडन्त हुने देखिएको छ । बस्नेत अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएपनि यो पटक गठबन्धन भएकाले चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएकोहो । 

सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालले   दिल बहादुर तामाङ,राष्ट्रिय प्रजातन्त्र पार्टीले मोहन केसी, नेपाल मजदुर किसान पार्टी ले अनुराधा थापा मगर, मौलिक जरोकिलो पार्टीले लिला बहादुर बानियाँ, हाम्रो नेपाली पार्टीले  लोकेन्द्र पोखरेल, नेपालका लागि नेपाली पार्टीले राजेश बाडे, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजु नापित, नेपाल विवेकशील पार्टीले शशीबिक्रम कार्की, नेश्नलिष्ट पिपल्स पार्टीले शिव लाल रोकाया, राष्ट्रिय जनमुक्ति पार्टीले राजु श्रेष्ठ, आमूल परिवर्तन मसिहा पार्टी नेपालले शन्त बहादुर लाकाजु, नेपाल आमा पार्टीले इन्द्र नारायण न्हुछे श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले   साजन वि।क।लाई उम्मेदवार बनाएको छ । 

यस्तै स्वतन्त्रबाट मिनाकुमारी वाला,  कल्पदिप राई,  सुमन कार्की, सुवर्ण थापा, मोक्टो तामाङ, रञ्जु केसी, प्रमिला थापा, दिनेश प्रजापति, चम्पा बोगती, उमेश श्रेष्ठ र आनन्द कार्की उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप