शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन–२ मा रवि लामिछानेको परीक्षा, यी हुन् तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार

बिहीबार, २७ असोज २०७९, १८ : १७
बिहीबार, २७ असोज २०७९

पार्टीसहित राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका लागि यो निर्वाचन परीक्षाको रुपमा अगाडि आएको छ । चुनाव लड्नका लागि चितवन पुगेका उनले आफ्नो चुनावी अभियान थालिसकेका छन् । उनले चितवन २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

रवि लामिछानेको उम्मेदवारीपछि चितवन–२ को नतिजा कस्तो आउला भन्ने चासो पनि उत्तिकै छ । चितवन २ मा कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, नेपालका  मुस्तफा अली, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन अधिकारी, नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजा, हाम्रो नेपाली पार्टीका अमृत तामाङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुनिल कुमार क्षेत्री, मंगोल नेशनल अर्गनाइजेसनका टेकबहादुर तामाङको पनि उम्मेदवारी छ । 

यस्तै जनसमाजवादी पार्टी नेपालका  प्रभा त्रिपाठीदेखि स्वतन्त्रका देविका कुवर, भास्करचन्द्र न्यौपाने,  खेमराज भट्टराई,  अंगुर पन्त, सुदर्शन प्रधान र सुन्दर डल्लाकोटीसम्मको उम्मेदवारी छ ।  यस्तै चितवन १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का   सुरेन्द्रप्रसाद पाण्डेको उम्मेदवारी छ भने सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका विश्वनाथ पौडेल मैदानमा छन् । 

यस्तै जनता समाजवादी पार्टी, नेपालले  अजय ठाकुर , राष्ट्रिय प्रजातन्त्र पार्टीले मधुपकुमार भट्टराई, नेपाल मजदुर किसान पार्टीले अर्जुन प्रजा, मंगोल नेशनल अर्गनाइजेसनले कुमारी थिङ्ग, एकीकृत शक्ति नेपालले  नविन खड्का, नेपाल सुशासन पार्टीले गोविन्द प्रसाद रिजाल र राष्ट्रिय स्वतन्त्र पार्टीले हरि ढकाललाई उम्मेदवार बनाएको छ।  

यस्तै स्वतन्त्रबाट जिवन तामाङ्ग, बिष्णु लामा,  दिपक पाठक, अरुण कुमार उप्रेती, ओमकृष्ण थपलिया, तिलकमणि पाठक, उत्सव धमला, राजेन्द्रप्रसाद वुर्लाकोटी, कुमार आचार्य र राजन न्यौपानेको उम्मेदवारी छ । 

यस्तै चितवन ३ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भोज राज अधिकारलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा गएपछि पार्टीले अधिकारीलाई गठबन्धनको तर्फबाट उम्मेदवार बनाएको हो । 
यस्तै जनता समाजवादी पार्टी, नेपालले काशीम मिया, राष्ट्रिय प्रजातन्त्र पार्टीले विक्रम पाण्डे, नेपाल मजदुर किसान पार्टीले  पदम थापा मगर, राष्ट्रिय नागरिक पार्टीले नवराज घले, मंगोल नेशनल अर्गनाइजेसनले फैन्द्रजंङ गुरुङ्ग, राष्ट्रिय जनमुक्ति पार्टीले जग बहादुर पुन मगर र राष्ट्रिय स्वतन्त्र पार्टीले जीता बराललाई उम्मेदवार बनाएको छ ।

 यस्तै स्वतन्त्रबाट राजन सापकोटा, तारानाथ पौडेल दिनेश कोइराला,  सुमित्रा राई गिरी, जगन्नाथ पौडेल, भिम्सीन बस्नेत, नन्द राज उपाध्याय, बासुदेव सापकोटा, बद्रि सिलवाल,  हरि तमाङ्ग, तारा प्रसाद पौडेल र चन्द्र विलास अधिकारीले उम्मेदवारी दिएका छन् । सो निर्वाचन क्षेत्रमा एमालेले स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप