शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पूर्वमा लुम्बिनीका सभामुख भइसकेका घर्ती गठबन्धनका उम्मेदवार, अरु को छन् प्रतिस्पर्धी ?

बिहीबार, २७ असोज २०७९, १७ : ४४
बिहीबार, २७ असोज २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुकुम पूर्वमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर उम्मेदवार बनेका छन् । उनी लुम्बिनी प्रदेशसभाका सभामुख रहेर कार्यकाल पूरा गरिसकेका छन् । यसपटक उनलाई माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएको हो । उनीसँग प्रतिस्पर्धाका लागि नेकपा एमालेले कैलाशकुमार मल्ललाई उम्मेदवार बनाएको छ ।

रुकुम पूर्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीले खिम बहादुर खत्री, मंगोल नेशनल अर्गनाइजेसनले रतन बहादुर बुढा, नेशनलिष्ट पिपल्स पाटीले बल बहादुर बुढालाई उम्मेदवार बनाएको छ । यहाँ चन्द्रराज झाक्री स्वतन्त्र उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप