धादिङमा मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पूर्व सहकर्मीको टक्कर
धादिङ–१ मा पूर्व सहकर्मीहरुबीच चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। एमालेका भूमि त्रिपाठी र मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे पूर्व सहकर्मी हुन् । हाल तिनै दुई पूर्व सहकर्मी चुनावी मैदानमा उत्रिएका छन् । त्रिपाठी एक्लै चुनावी मैदानमा छन् भने पाण्डेलाई सत्ता गठबन्धनका समर्थन छ ।
सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालले नोरमान तामाङ, नेपाल मजदुर किसान पार्टीले विश्व अम्मर महर्जन, मंगोल नेशनल अर्गनाइजेसनले सुमन तामाङ, जन समाजवादी पार्टी नेपालले पुष्कर सेडाई, राष्ट्रिय स्वतन्त्र पार्टीले हिमेश पन्तलाई उम्मेदवार बनाएको छ ।
यस्तै स्वतन्त्रबाट दिल बहादुर घले, अर्जुन तिमल्सिना, उत्तम राज शर्मा(कँडेल), प्रदिप श्रेष्ठ, प्रमोद उप्रेती, जनक भट्टराई र ऋषि खतिवडा उम्मेदवार छन् । यस्तै धादिङ २ मा एमालेले खेम प्रसाद लोहनीलाई उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसबाट रामनाथ अधिकारी उम्मेदवार छन् ।
यसैगरी जनता समाजवादी पार्टी, नेपालले मेकरमान तामाङ, मंगोल नेशनल अर्गनाइजेसनले धन माया तामाङ, नेपाली कांग्रेस (बीपी) ले शंकर दर्जी, राष्ट्रिय स्वतन्त्र पार्टीले वसुमाया तामाङलाई उम्मेदवार बनाउँदा स्वतन्त्रबाट रुद्रबहादुर गेलाङ मगर, सरोज बुढाथोकी, संजय दुवाडी, टिकानिधि काप्री, बाबुकृष्ण श्रेष्ठ, रमेश पौडेल, हरिप्रसाद घिमिरे र दुर्गाकुमार शाक्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण