प्रतिनिधिसभा निर्वाचन : रामेछापका यी हुन् उम्मेदवार
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कैलाशप्रसाद ढुंगेललाई उम्मेदवार बनाएको छ । यस्तै सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका पूर्णबहादुर तमाङले टिकट पाएका छन् । यी दुई उम्मेदवारबीच नै रामेछापमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै रामेछापमा राष्ट्रिय प्रजातन्त्र पार्टीले लालबहादुर घिसिङ, नेपाल मजदुर किसान पार्टीले हरि कृष्ण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देवशंकर पौडेल, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले रमेश महत, नागरिक उन्मुक्ति पार्टीले धरमबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जितेनकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ले मोहन कार्की, मंगोल नेशनल अर्गनाइजेसनले भक्त बहादुर थापा मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले साङगे शेर्पा, नेशनलिष्ट पिपल्स पार्टीले सुवास घिसिङलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै नेपाली कांग्रेस (बी.पी.)ले केदार खड्का, राष्ट्रिय समाजवादी पार्टी नेपालले रुद्रबहादुर पुलामी मगर, नेपाली जनता दलले बाबुराम तामाङ, जनसमाजवादी पार्टी नेपालले विष्णुप्रसाद काफ्ले र राष्ट्रिय स्वतन्त्र पार्टीले समिक्षा श्रेष्ठलाई उम्मेदवार बनाएको छ। यस्तै स्वतन्त्रबाट रामकुमार लामा, आङछोङबा शेर्पा, कृष्णबहादुर भुजेल, चन्द्रबहादुर राउत र बिक्रम राना उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण