दोलखामा एमाले भर्सेस माओवादी, यी हुन् उम्मेदवार
दोलखामा नेकपा एमाले र सत्ता गठबन्धन समर्थित माओवादी केन्द्रका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेले दोलखामा बालकृष्ण शिवाकोटी र माओवादी केन्द्रले गंगा कार्कीलाई उम्मेदवार बनाएको हो ।
यस्तै जनता समाजवादी पार्टी, नेपालले दावा शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टीले विजय खड्का, नेपाल मजदुर किसान पार्टीले गोपाल बहादुर शिवाकोटी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले गोपाल नेपाली, हाम्रो नेपाली पार्टीले प्रकाशमान सिंह पाख्रीनलाई उम्मेदवार बनाएको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीले शुक्र तमाङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नवराज श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)ले खिमबहादुर शिवाकोटीलाई उम्मेदवार बनाउँदा मंगोल नेशनल अर्गनाइजेसनले कुमार तामाङ, नेपाली कांग्रेस (बी.पी.) ले लोकबहादुर खड्का, जनसमाजवादी पार्टी नेपालले जनार्दन पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीले जगदीश खरेललाई उम्मेदवार बनाएको छ ।
यसैगरी स्वतन्त्रबाट रामबहादुर सुवेदी, टंकबहादुर खाती, वीरबहादुर कार्की, यज्ञराज न्यौपाने, जीवनाथ शिवाकोटी, बद्री दाहाल र ठाकुरबहादुर बुढाथोकी उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने