शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा किसन श्रेष्ठदेखि उमाकान्त चौधरीसम्म उम्मेदवार

बिहीबार, २७ असोज २०७९, १७ : २४
बिहीबार, २७ असोज २०७९

बारामा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ७७ जना उम्मेदवार रहेका छन् । बारा क्षेत्र नम्बर १ मा १७ जना उम्मेदवार रहेका छन् । 

निर्वाचन आयोगका अनुसार बारा १ मा एमालेका अच्युत प्रसाद मैनाली, नेपाली कांग्रेसका उमाकान्त चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्त बहादुर दर्लामी, जनमत पार्टीका मनोज कुमार यादव, हाम्रो नेपाली पार्टीका राकेश न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपाल शिव प्रसाद तिमल्सीना, मंगोल नेशनल अर्गनाइजेसनका  महेन्द्र चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका  मोजहर हुसेन मन्सुर, नेपाली कांग्रेस ९बीपी० का धर्मेन्द्र प्रसाद र नेपाल जनता पार्टीका प्रदिप कुमार प्रसाद साह कलवार उम्मेदपार रहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालदेखि स्वतन्त्रका चनकराज भट्टराई, कृष्ण राज गिरी, शिव प्रसाद रिजाल, अनिल कुमार गुप्ता, अनवर अंसारी र धर्मेन्द्र कुमार साह उम्मेदवार रहेका छन् । 

यसैगरी क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुशवाहा तथा जनता समाजवादी पार्टी, नेपालका रामसहाय प्रसाद यादव उम्मेदवार रहेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद तेली, नेपाल मजदुर किसान पार्टीका मेरोलाल प्रसाद यादव, जनमत पार्टीका राजेश साह, हाम्रो नेपाली पार्टीका राम प्रसाद, नागरिक उन्मुक्ति पार्टीका तेज बहादुर भगत, नेपालका लागि नेपाली पार्टीका शेख ओली आलम, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रबिन्द्र प्रसाद जयसवाल, नेपाल लोकतान्त्रिक पार्टीका कमल प्रसाद पसवान र  नेपाल सुशासन पार्टीका उमेश प्रसाद जयसवाल उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट अजय प्रसाद चौधरी, रविन्द्र प्रसाद यादव, महबुब मियाँ अंसारी, प्रशान्त कुमार यादव, अरुण कुमार ज्ञवाली, मंजारुल अंसारी, रामकिशोर प्रसाद यादव, राकेश कुमार यादव, बिनोद कुमार यादव, जितेन्द्र प्रसाद यादव र शम्भु प्रसाद साह उम्मेदवार रहेका छन् । 

यसैगरी बारा क्षेत्र नम्बर ३ बाट नेपाल एमालेकी ज्वाला कुमारी साह, जनता समाजवादी पार्टी, नेपालका रामवावु कुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुपनारायण ठाकुर लोहार उम्मेदवार छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका महमुदिन मिया अंसारी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका  लालबाबु सिंह भुइहार, जनमत पार्टीका राधिका देवी साह, हाम्रो नेपाली पार्टीका चन्द्र प्रकाश सुवेदी, नागरिक उन्मुक्ति पार्टीका भिखारी राउत थारु, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजेन्द्र प्रसाद जैसवार, मंगोल नेशनल अर्गनाइजेसनका नुर महमद हवारी धोवी, नेपाल लोकतान्त्रिक पार्टीका महम्मद शानी ठकुराई, नेपाल जनता पार्टीका गोपाल दास, विवेकशील साझा पार्टीका अमिरी साह तेली र एकीकृत शक्ति नेपालका नरेश कुमार चौलागाई उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्मादेखि स्वतन्त्रका कलामुदीन अंसारी, मनोज पडित कुम्हार र दिनेश्वर झा उम्मेदवार छन् । 

यसैगरी क्षेत्र नम्बर ४ मा एमालेका एकवाल मियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीकाजलिल देवान, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का कृष्ण कुमार श्रेष्ठ, जनमत पार्टीका हरि प्रसाद कुर्मी, हाम्रो नेपाली पार्टीका सन्तोष कुमार गुप्ता, जनता प्रगतिशिल पार्टीका  नेपाल  श्रीनिवास महतो, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रोहन कुमार, विवेकशील साझा पार्टीका सुनिल  साह कलवार, नेपाल सद्भावना पार्टीका  खेदू महतो धानुक र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन चौधरी उम्मेदवार छन् । यसैगरी स्वतन्त्रबाट दिनेश प्रसाद भेडिहर, नेमराज प्रसाद जैसवाल, रामश्रेय प्रसाद कुश्वाहा, इच्छा वहादुर वाग्ले, गोविन्द प्रसाद मंडल, पुर्ण प्रसाद पन्थ, किशोरीलाल कुर्मी, हरि महरा, हरीनारायण सहनी मलाह र रामकृष्ण तिवारी  उम्मेदवार छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप