प्युठानमा जनमोर्चाकी दुर्गा पौडेलको दोहोरिने दाउ, यी हुन् प्रतिस्पर्धी
बिहीबार, २७ असोज २०७९, १७ : ११

प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको प्युठानमा सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल उम्मेदवार बनेकी छन् । उनी २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । प्रतिनिधिसभा सदस्यमा दोहोरिने दाउमा रहेकी पौडेललाई गठबन्धनको साथले ढाडस दिएको छ ।
उनीसँगको प्रतिस्पर्धामा नेकपा एमालेले सूर्यबहादुर थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ । थापा पहिलो पटक संघीय संसदका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन् । यहाँ राप्रपाले होमबहादुर बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी मालेबाट माधव सिं केसी, मंगोल नेशनल अर्गनाइजेसनबाट मनबहादुर पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्णप्रसाद पोख्रेल र स्वतन्त्र उम्मेदवार दानप्रसाद सुवेदी पनि यो क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत नेपालमा गणतन्त्रको पक्षमा छ : सभापति देउवा
-
पेन्गुइन र सिल मात्रै बस्ने टापुमा लगाइएको ट्यारिफबारे यसो भन्छ अमेरिका
-
मुम्बईबाट उडेको विमानमा एक महिलाको मृत्यु
-
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक : के-के गर्यो निर्णय ?
-
नेपाल–भारतको सम्बन्ध पुरानो पुस्ता जस्तो रहेन : पूर्वराजदूत बराल
-
किन मनाइन्छ ‘वर्ल्ड हेल्थ डे’ ?