मकवानपुरमा कमल थापा भर्सेस डीना उपाध्याय, बर्तौला भर्सेस खतिवडा
मकवानपुरका दुई निर्वाचन क्षेत्रमा एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ । मकवानपुर १ मा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएको छ । उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनकी उम्मेदवार कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) सँग हुनेछ ।
यस्तै राप्रपाका दीपक बहादुरसिंह पनि उम्मेदवार छन् उनको यो क्षेत्रमा राम्रो जनमत रहेको छ । सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका इन्द्रमान थिङ, नेपाल मजदुर किसान पार्टीका सान्तलाल भैल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका रुपक लामा, मौलिक जरोकिलो पार्टीका सङ्गीन श्रेष्ठ, हाम्रो नेपाली पार्टीका दिपेन्द्र चन्द ठकुरी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)का कृष्णप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेसनका युवराज लामा, नेपाली कांग्रेस (बीपी) कासुरेन्द्र भट्टराई, सचेत नेपाली पार्टीका पंचलाल तमाङ, जनसमाजवादी पार्टी नेपालका मनबहादुर दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका टाका राज थापाले उम्मेदवारी दिएका छन् ।
यस्तै स्वतन्त्रबाट आईताराम तामाङ र सुभाष पौडेलले उम्मेदवारी दिएका छन् । यस्तै मकवानपुर २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेश कुमार बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का विरोध खतिवडाले उम्मेदवारी दिएका छन् । यो निर्वाचन क्षेत्रमा दुई नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन मैनाली, नेपाल मजदुर किसान पार्टी का रत्न प्रसाद प्रजापति, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)का उद्धवप्रसाद अधिकारी, मंगोल नेशनल अर्गनाइजेसनका जीवन स्याङतान, नेश्नलिष्ट पिपल्स पार्टीका तुला बहादुर लामा, सचेत नेपाली पार्टीका कुलेन्द्रदिप विक्रम न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्रबाट प्रदिप कालाखेतीले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत