रौतहटमा एमालेलाई चक्मा दिने प्रभुदेखि माधव नेपालसम्म मैदानमा, यी हुन् ४ निर्वाचन क्षेत्रका उम्मेदवार

मधेस प्रदेशको रौतहटमा आगामी मंसिर ४ गते हुने चुनावी प्रतिस्पर्धालाई धेरैले चासोका साथ हेरेका छन् । रौतहटमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको उम्मेदवारी रहेको छ भने एमालेलाई चक्मा दिँदै स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहपनि रौतहटबाटै स्वतन्त्र उम्मेदवार बनेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका अजय कुमार गुप्ता उम्मेदवार छन् । गुप्ताको मुख्य प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल हुन् । सोही क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका वैद्यनाथ प्रसाद चौधरी, जनमत पार्टीका राजेन्द्र प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सरोज कुमारी, नेपाल सुशासन पार्टीका रंजित कुमार पटेल, नेपाली जनता दलका सुबोध चन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका मिस्टर सूर्यदेव कोइरालाले पनि उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्रबाट अवधेश कुमार ठाकुर, राहुल कुमार मिश्र, अनिल कुमार लाल दास, राम अधार महतो कोईरी, मोहम्मद जियाउल हक, चन्दन कुमार जयसवाल, रेवन्त झा, रामबलि कुमार यादव र कोशिला देवीको उम्मेदवारी रहेको छ ।
यस्तै क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका मो फिरदोस आलम, जनता समाजवादी पार्टी, नेपालका शैलेन्द्र शाह, नेपाल मजदुर किसान पार्टीका दिनेश प्रसाद शाह तेली, जनमत पार्टीका रामयस झा, राष्ट्रिय प्रजातन्त्र पार्टीका महिन्द्र साह तेली, गान्धीवादी पार्टी नेपालका नन्दकिशोर प्रसाद यादवको उम्मेदवारी रहेको छ । यस्तै स्वतन्त्रबाट पनी लाल साह, शेख यार महमद, किरण कुमार साह, शेख अब्दुल वोहिद, शेख सोवएल, अरुण कुमार साह र मो रइस आलमको उम्मेदवारी रहेको छ । यसैगरी क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रले रविन्द्र पटेललाई उम्मेदवार बनाएपनि स्वतन्त्र उम्मेदवार प्रभु साहलाई गठबन्धनले समर्थन गर्ने भएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले सिकिन्द्र राय यादव, नेपाल मजदुर किसान पार्टलेरफिक दर्जी, जनमत पार्टीले रामेश्वर प्रसाद यादव, नागरिक उन्मुक्ति पार्टीले नागेन्द्र चौधरी, नेपाल सद्भावना पार्टीले शेख अरसद र राष्ट्रिय स्वतन्त्र पार्टीले नवीन प्रसाद चौरसियालाई उम्मेदवार बनाएको छ। यस्तै स्वतन्त्रमा राजेश कुमार पासवान, उमेश कुमार दास तत्मा, ओमप्रकाश, राज कुमार शर्मा, विरेन्द्र साह कलवार, गनिलाल प्रसाद यादव, महेन्द्र प्रसाद चौधरी, योगेन्द्र साह, सुरेश कुमार यादव, नागेन्द्र प्रसाद साह र स्वतन्त्र राजेश कुमार उम्मेदवार रहेका छन् ।
यसैगरी क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उध्दव प्रसाद रेग्मीलाई उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसले देव प्रसाद तिमलसेनालाई बनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपलाल राय यादव, नेपाल मजदुर किसान पार्टीलेअनिल कुमार राम, मौलिक जरोकिलो पार्टीले राजिव बछार, नेपाल कम्युनिष्ट पार्टी मालेले अनवरी खाँ, नेपाल जनता पार्टीले सिकन्दर राय यादव, बहुजन शक्ति पार्टीले विनोद पासवान, आमूल परिवर्तन मसिहा पार्टी नेपालले कृष्ण बहादुर थापा तथा राष्ट्रिय स्वतन्त्र पार्टीले राजनारायण साहलाई उम्मेदवार बनाएको छ ।
यसैगरी स्वतन्त्र उम्मेदवारमा भव नाथ शर्मा घिमिरे, अजय कुमार, हरेन्द्र झा, प्रशु नारायण चौधरी, अबिरल घिमिरे, चिरन्जीवी गौतम, प्रदिप विक्रम साह र ईश्वरी कार्की काफ्ले रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत