बाँकेका तीनमध्ये दुई क्षेत्रमा मात्र एमालेको उम्मेदवारी, गठबन्धनलाई कति सहज ?
प्रतिनिधिसभा अन्तर्गत तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा नेकपा एमालेले दुई वटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएको छ । बाँकी एक क्षेत्रमा एमालेले सहयोगी घटकलाई सघाउने भएको हो । यद्यपि, एमालेसँग विभिन्न सिटमा तालमेल गरेका राप्रपा र जसपा दुवैले बाँके–२ मा एमालेको सहयोगको अपेक्षा गरेका छन् ।
क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट सूर्यप्रसाद ढकाल उम्मेदवार छन् । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महेश्वरजंग गहतराज (अथक) उम्मेदवार छन् । यहाँ जनता समाजवादी पार्टीबाट राम कुमार यादव, नेपाल मजदुर किसान पार्टीबाट नवीन कुमार शाही, लोकतान्त्रिक समाजवादी पार्टीबाट राम चरण चौधरी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबाट उब्जङ शाही, नागरिक उन्मुक्ति पार्टीबाट सुरेश कुमार चौधरी, नेपालका लागि नेपाली पार्टीबाट भक्त बहादुर थापा मगर, नेपाली कांग्रेस (बीपी) बाट कुन्ती शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आनन्द बाबु काफ्ले उम्मेदवार छन् । यहाँ प्रदिप कुमार शाहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्तै बाँके–२ मा नेपाली कांग्रेसका सुदीप नरसिंह राणा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका छन् ।
एमालेसँग अन्यत्र तालमेल गरेका जसपा नेपाल र राप्रपा नेपालले यहाँ आफ्ना उम्मेदवार खडा गरे पनि एमालेले उम्मेदवारी दिएको छैन । यस क्षेत्रमा जसपा नेपालबाट मोहम्मद इश्तियाक राई उम्मेदवार छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशम्मशेर जंगबहादुर राणा उम्मेदवार छन् । राई २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए भने राणा २०७४ को स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट वखत बहादुर थापा, लोकतान्त्रिक समाजवादी पार्टीबाट अव्दुल हन्नान जसगढ, जनमत पार्टीबाट बाबु खाँ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रमेश शर्मा अर्याल, राष्ट्रिय जनमुक्ति पार्टीबाट बिधा शर्मा, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) बाट खलु प्रसाद थारु, जनसमाजवादी पार्टी नेपालबाट लिलौ दर्जी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिनोद कुमार अग्रहरि उम्मेदवार छन् ।
बाँके–२ मा दिवाकर खनाल, बागेश्वर चौलागाई, राहुल जयसवाल, इरफान अहमद शेख र समसुल हक राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बाँके–३ मा नेकपा एमालेबाट किस्मत कुमार कक्षपति उम्मेदवार छन् भने सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका किशोर सिंह राठोरले उम्मेदवारी दिएका छन् ।
यस्तै, जनता समाजवादी पार्टी नेपालबाट नोयन्द्र धिताल, नेपाल मजदुर किसान पार्टीबाट नगेन्द्र बहादुर बुढाक्षेत्री, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट हफिज पठान, जनमत पार्टीबाट राजु प्रसाद कुर्मी, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)बाट वीरबहादुर ओली क्षेत्री, नेपाली कांग्रेस (बीपी) बाट दुर्गाबहादुर घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवेन्द्र नाथ शुक्ला उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण