सर्लाहीमा ३५ जना स्वतन्त्र उम्मेदवार, गठबन्धनको समर्थन नपाएका राजेन्द्र महतोको कस्तो आउला नतिजा ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीमा ३५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ४ निर्वाचन क्षेत्रमा ३५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा उल्लेख छ ।
क्षेत्र नम्बर १ मा आकाश वती दनुवार, धिरेन्द्र यादव, जय नारायण महतो, संजय कुमार मंडल, सुरेश राज शर्मा, जय नारायन महतो, दिपेश कुमार कार्की, ध्वज मान मुक्तान, दामोदर चौधरी, मनोज कुमार चौधरी, मान बहादुर खड्का, बैकुण्ठ सापकोटा तथा क्षेत्र नम्बर २ मा राम नाथ साह, श्रवण साह, सतिश कुमार चौधरी, कामिल मियाँ मुकेरी, शुसिला कुमारी, राज किशोर राय यादव, राजनारायण राय यादव, मनोज कुमार साह उम्मेदवार छन् ।
यस्तै क्षेत्र नम्बर ३ मा ओम प्रसाद मैनाली, राम विहारी महतो, अभिषेक प्रसाद साह, कृष्ण राय यादव, उत्तर कुमार मैनाली र श्याम बावु यादव तथा क्षेत्र नम्बर ४ मा मधुमाला कुमारी यादव, सोशिल कुमार सिंह, गनेश प्रसाद सिंह, अमरेश कुमार सिह, राहुल कुमार सिंह, अरविन्द कुमार ठाकुर, बिजेन्द्र कुमार कुशवाहा, राजेश कुमार मिश्र र हरि श्याम राय स्वतन्त्र उम्मेदवार रहेका छन् ।
दलीयतर्फ सर्लाही १ मा जनता समाजवादी पार्टी, नेपालले प्रमोद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीले राजेन्द्र प्रसाद मैनाली, नेपाल मजदुर किसान पार्टीले रमाकान्त कापर, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले राम प्रकाश चौधरी, जनमत पार्टीले राम विश्वास राय, जनसमाजवादी पार्टी नेपाले बल राम बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टीले राम दुलार महतोलाई उम्मेदवार बनाएको छ ।
यसैगरी सर्लाही २ मा एमालेले राज नारायण साह, माओवादी केन्द्रले महिन्द्र राय यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीले विकेश महतो, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ले राजेन्द्र महतोलाई उम्मेदवार बनाएको छ । सर्लाही क्षेत्र नम्बर २ मा राजेन्द्र महतोलाई सत्ता गठबन्धनको समर्थन नरहेर माओवादीका महिन्द्र राय यादवलाई समर्थन रहेको बताइएको छ । तर, लोसपाले महिन्द्रको विषयमा सत्ता गठबन्धनले समर्थन गर्दै विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाएको छ ।
यसअघि लोसपाले सत्ता गठबन्धनसँग गरेको सहमतिकै क्रममा सो क्षेत्रमा मित्रवत प्रतिस्पर्धा हुने भनिएको थियो । महतो धनुषा छाडेर सर्लाही पुगेकाले उनको नतिजा कस्तो आउला भन्ने चासो उत्तिकै छ । यस्तै सोही क्षेत्रबाट जनमत पार्टीले नरेश प्रसाद कुशवाहा, हाम्रो नेपाली पार्टीले वीर वंश वैठा, बहुजन एकता पार्टी नेपालले मोहम्मद मनसरीफ अंसारी, नेपाल संघीय समाजवादी पार्टीले मोस्तकिम अंसारी र राष्ट्रिय स्वतन्त्र पार्टीले जय करण महतोलाई उम्मेदवार बनाएको छ ।
यस्तै क्षेत्र नम्बर ३ मा एमालेले हरि प्रसाद उप्रेती, माओवादी केन्द्रले नरेन्द्र साह कलवार, जनमत पार्टीले त्रिभुवन कुमार सिंह, हाम्रो नेपाली पार्टीले भवानी घिमिरे, बहुजन एकता पार्टी नेपालले राज कुमार पासवान, मंगोल नेशनल अर्गनाइजेसनले ईन्द्र मान वाइवा, राष्ट्रिय स्वतन्त्र पार्टीले पञ्च बहादुर सिङ्गतानलाई उम्मेदवार बनाएको छ ।
यसैगरी क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसले नागेन्द्र कुमार, जनता समाजवादी पार्टी, नेपालले राकेश कुमार मिश्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले महेश महतो, जनमत पार्टीले राम बावु राय, हाम्रो नेपाली पार्टीले अजित कुमार साह, जनता प्रगतिशिल पार्टी, नेपालले उपेन्द्र राय, बहुजन एकता पार्टी नेपालले राजा राम पासवान, गान्धीवादी पार्टी नेपालले दिनेश राय, नेपाल जनता पार्टीले राजिनन्द प्रसाद चौधरी, नेपाल संघीय समाजवादी पार्टीले रामाज्ञा यादव र राष्ट्रिय स्वतन्त्र पार्टी धिरज ठाकुरलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता