चित्रबहादुर केसीको जिल्लामा को–को छन् प्रतिस्पर्धी ?

प्रतिनिधि सभातर्फ २ निर्वाचन क्षेत्र रहेको बागलुङमा तीन स्वतन्त्रसहित १३ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका सूर्य प्रसाद पाठक र सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै यो क्षेत्रमा राप्रपाका लक्ष्मी प्रसाद सापकोटा कांग्रेस बीपीका शिवलाल सापकोटा,राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल र एक स्वतन्त्र चन्द्र बहादुर क्षेत्रीले उम्मेदवारी दिएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका मन्जु शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका देवेन्द्र पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
शिक्षामन्त्री समेत रहेका पौडेल माओवादीका उपमहासचिव समेत रहेका छन् । त्यस्तै यो क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका चित्र प्रसाद गुरुङ, नेपाल दलित पार्टीका टेक प्रसाद कामी,राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री तथा स्वतन्त्रतर्फ डिल बहादुर कार्की र तुल्सी राम अर्याल उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न, के हुँदैछ फास्ट ट्र्याक ?
-
पाकिस्तानविरुद्धको खेलमा भारतीय टोलीसँग जोडियो यो नचाहेको कीर्तिमान
-
७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज
-
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, ७३ जनाको मृत्यु
-
पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन
-
दुई महिनामा तेस्रो पटक दुर्घटनामा परे तामिल अभिनेता अजित कुमार