शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गुजरात फाइल्सकी लेखिका राणा अय्युबविरुद्ध उजुरी दर्ता

बिहीबार, २७ असोज २०७९, १६ : ०१
बिहीबार, २७ असोज २०७९

भारतको प्रवर्तन निर्देशनालय (इडी) ले पत्रकार राणा अय्युबविरुद्ध बुधबार गाजियाबादको एक विशेष अदालतमा उजुरी दर्ता भएको छ । प्रवर्तन निर्देशनालयले ट्वीट गर्दै जानकारी दिएको छ, ‘इडीले १२.१०.२०२२ मा गाजियाबादको विशेष अदालतमा पिएमएलए, २००२ अन्तर्गत अभियोजन उजुरी दर्ता गरेको छ ।’

यसअघि इडीले सन् २०२१ मा उत्तर प्रदेश प्रहरीद्वारा दर्ता एक एफआईआरको आधारमा मनी लन्ड्रिङको अनुसन्धान सुरु गरेको थियो । राणा अय्युबले च्यारिटीको नाममा जनताबाट अवैध रुपमा रकम संकलन गरेको आरोप लागेको छ ।

को हुन् राणा अय्युब ?

– राणा अय्युब एक पत्रकार र लेखिका हुन् ।

– राणा अय्युब सन् २००७ मा तहलका म्यागजिनमा काम गर्थिन् ।

– सम्पादक तरुण तेजपालमाथि यौन शोषणाको आरोप लागेपछि राणा अय्युबले राजीनामा दिएकी थिइन् ।

– गुजरात फाइल्स – एनाटमी अफ अ कभर अपकी लेखिका अय्युबले सन् २००२ मा गुजरातमा भएको दंगाका लागि राज्य सरकारलाई जिम्मेवार बताएकी थिइन् ।

– राणाले इशरत जहांको प्रहरी मुठभेडमा पनि प्रश्न उठाइसकेकी छिन् ।

– फेब्रुअरी सन् २०२२ मा बीबीसीसँग कुराकानीमा उनले उडुपी कलेजका विद्यार्थीलाई आतंककारी बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप