शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासी–१ मा विनोद चौधरी भर्सेस हृदयेश त्रिपाठी, २ मा पूर्वराज्यमन्त्री कँडेलसँग एमालेका अधिकारी भिड्दै

बिहीबार, २७ असोज २०७९, १६ : ००
बिहीबार, २७ असोज २०७९

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको नवलपरासीतर्फ धेरैको ध्यान आकृष्ट भएको छ । अर्बपतिको सूचीमा रहेका उद्योगपति विनोद कुमार चौधरी यसै जिल्लाको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

क्षेत्र नम्बर १ मा चौधरीले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका हुन् । चौधरीसँग जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । त्रिपाठीलाई एमालेले समर्थन जनाउँदै यस क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छैन । त्रिपाठी २०७४ को निर्वाचनमा एमालेको चुनाव चिह्न लिएर यसै क्षेत्रमा उम्मेदवार बनेका थिए । त्यतिबेला उनी विजयी भएका थिए ।

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजराज ढकाल, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण गोविन्द खाइजु, जनमत पार्टीबाट गुलाव प्रसाद चौधरी, मौलिक जरोकिलो पार्टीबाट गोपाल पोखरेल, नागरिक उन्मुक्ति पार्टीबाट गंगा राम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट धर्म चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट हफिजुल्लाह अन्सारी, बहुजन शक्ति पार्टीबाट काशीलाल चमार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्र सेन (ठकुरी) उम्मेदवार छन् ।

यस क्षेत्रमा ७ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा देवी विक, कृष्ण बहादुर कामुमगर, भक्त बहादुर काम्मु, सीता देवी वौडेल, श्रीराम आचार्य, अजय शाही र सुर्जन तिवारी छन् ।
यस्तै क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसमा प्रभावशाली नेता तथा पूर्व राज्यमन्त्री देवेन्द्रराज कँडेल उम्मेदवार बनेका छन् । उनको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेले दिपेन्द्रकुमार अधिकारीलाई उम्मेदवार बनाएको छ ।

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुव बहादुर प्रधान, नेपाल मजदुर किसान पार्टीबाट विन्दु कुमारी थारु, जनमत पार्टीबाट बाल गोविन्द चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट चन्द्रिका देवी चौधरी, मंगोल नेशनल अर्गनाइजेसनबाट दिन माया गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट कलावती पुन, बहुजन शक्ति पार्टीबाट जितेन्द्र गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मदनलाल पौडेल उम्मेदवार छन् । यो क्षेत्रमा स्वतन्त्रतर्फ ८ जना उम्मेदवार छन् । स्वतन्त्रतर्फ उम्मेदवारी दिनेमा मकसद धुनिया, विजय कुमार अग्रहरी, चित्र प्रसाद सुनार, धर्मेन्द्र गिरी, ज्योतिन्द्र बहादुर कुँवर, मोहम्मद रज्जाक मिया, श्याम बहादुर दर्जी र संजय कुमार कानु छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप