सल्यानमा राजेन्द्रवीर राय र प्रकाश ज्वालाबीच प्रतिस्पर्धा
बिहीबार, २७ असोज २०७९, १५ : ३०

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत एक निर्वाचन क्षेत्र रहेको सल्यानमा नेकपा एमालेले नेकपा एकीकृत समाजवादीसँग प्रतिस्पर्धा गर्दैछ । यहाँ एमाले एकल रुपमा चुनावी मैदानमा होमिँदा नेकपा एकीकृत समाजवादीले भने सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ पाएको छ ।
एमालेबाट सल्यानमा राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् । उनले पूर्व एमाले नेता तथा हाल नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता प्रकाश ज्वालासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
यो क्षेत्रमा राप्रपाले नेत्रलाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस्तै, नेकपा मार्क्सवादी लेनिनवादीबाट भिमबहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवनराज देवकोटा उम्मेदवार छन् ।
सल्यानमा राजेन्द्रबहादुर शाह र जुद्धबहादुर सिंह स्वतन्त्र उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन बन्द भयो ‘सक्किगोनि’ ?
-
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
-
महायज्ञ गर्न उठीबास गराइएको डोम परिवारलाई धाकधम्की
-
नेपाल शिक्षक महासङ्घले सुरु गर्यो रिले अनसन
-
ओली सरकार बनेपछि परराष्ट्र सम्बन्ध भताभुङ्ग भयो : प्रचण्ड
-
आंगिक क्याम्पसमा अखिल क्रान्तिकारीको उल्लेख्य सफलता (१० स्थानमा विजयीको सूचीसहित)