मुस्ताङमा तुलाचन र गौचनबीच प्रतिस्पर्धा
बिहीबार, २७ असोज २०७९, १५ : २८

हिमाली जिल्ला मुस्ताङमा प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र रहेकोमा चार जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जसमा नेकपा प्रेम प्रसाद तुलाचन, कांग्रेसका योगेश गौचन थकाली, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रवीण कुमार शेरचन र राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ रहेका छन् ।
यो जिल्लामा एमाले र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने बताइएको छ ।