अपराधिक ग्याङ्गविरुद्ध विदेशी सेना बोलाउने सरकारको निर्णयको विरोधमा हाइटीमा ठूलो प्रदर्शन
ग्याङ्ग–सम्बन्धित हिंसा नियन्त्रण गर्न विदेशी सैन्य सहायता लिने सरकारको निर्णयको विरोधमा हाइटीको राजधानीमा हजारौं मानिस सडकमा निस्किएका छन् । प्रदर्शनकारीहरूको भीड अनियन्त्रित बन्दै गएपछि तिनलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । प्रदर्शनकारीहरूले ‘विदेशी कब्जा’को विरुद्धमा नारा लगाउँदै देशका प्रधानमन्त्री एरियल हेनरीको राजीनामा मागेका थिए ।
प्रधानमन्त्री हेनरीको सरकारले शुक्रबार अन्तर्राष्ट्रिय साझेदारहरूसँग ‘आवश्यक संख्यामा एक विशेष सशस्त्र बल तुरुन्त तैनाथ गराउन’ माग गरेका थिए । देशमा सशस्त्र गिरोहहरूको ‘आपराधिक क्रियाकलाप’ रोक्न देशको सैन्य फौज असक्षम नभएकाले यस्तो आग्रह गर्नुपरेको उनले बताएका थिए ।
प्रदर्शनकारीहरुमाथि प्रहरी धरपडकमा एक जनाको मृत्यु भएको बताइएको छ । आन्दोलनकारीले उक्त मृत्युको लागि प्रहरीलाई दोष लगाएका छन् । ‘हामीलाई हाम्रो देशको विकासका लागि बाह्य मद्दत चाहिन्छ, तर हाम्रो भूमिमा विदेशी सेना हामी चाहदैनौं,’ एक प्रदर्शनकारीले मिडियासँग भने ।
उनले अन्तर्राष्ट्रिय समुदायले ‘हाइटीको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको’ आरोप लगाउदै ‘वर्तमान सरकारसँग सैन्य सहायता माग्ने वैधता नभएको’ बताए । उता हाइटीमा विरोध भइरहँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इन्धन र पानीको अभाव झेलिरहेको क्यारेबियन राज्य हाईटीलाई सहयोग गर्ने गरी तत्काल विशेष अन्तर्राष्ट्रिय बल तैनाथ गर्न सोमबार आह्वान गरे ।
अमेरिकाका लागि हाइटीका राजदूतले सोमबार नै अमेरिका र क्यानाडाले हाइटीभित्र व्याप्त अपराधिक गिरोहहरूलाई निस्तेज पार्न नेतृत्व लिनुपर्ने बताए । अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम नउठाएमा हाइटीमा अर्काे राज्य प्रमुखको हत्या हुने जोखिम रहेको ती राजदूतले बताए । उनले राष्ट्रपति जोभेनेल मोइसको सन् २०२१ मा भएको हत्यालाई इंगित गरेका थिए ।
हाइटीका प्रधानमन्त्रीको आह्वानपछि अमेरिकाले शनिबार हाइटीले गरेको सहयोगको अनुरोधको समीक्षा गरिरहेको बताएका छन् । क्यानाडाको विदेश मन्त्रालयले शुक्रबार अमेरिकी महादेशका रहेका मुलुकहरुको सहयाेग संगठनका १९ सदस्यहरू हाइटीहरूलाई ‘उसले सामना गरिरहेका जटिल सुरक्षा चुनौतीहरू समाधान गर्न प्रतिबद्ध रहेको प्रतिक्रिया’ दिएको थियो ।
हाइटीमा अपराधिक समूहले वितण्डा मच्चाईरहेको भए पनि धेरै हाइटीवासीहरूले अर्को अन्तर्राष्ट्रिय सैन्य उपस्थितिको विचारसँग असहज देखिन्छन् । विगतमा संयुक्त राष्ट्र संघीय शान्ति सैनिकहरू हाइटीमा रहँदा कयौं यौन दुव्र्यवहारमा संलग्न भएको हैजाको महामारी फैलाउन जिम्मेबार भएको आरोप लाग्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूरा भयो ट्रम्पको मन्त्रीमण्डल
-
दिवङ्गत पदम राईलाई माओवादी अध्यक्ष प्रचण्ड लगायत नेता–कार्यकर्ताले दिए श्रद्धाञ्जली (तस्बिरहरू)
-
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित
-
नवलपरासी पूर्वमा ‘विद्यार्थीसँग प्रशासन’ अभियान सुरु
-
कुनै समयमा कट्टर प्रतिद्वन्द्वी एन्डी मुरेलाई आफ्नो प्रशिक्षक बनाए नोभाक योकोभिचले
-
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट