मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

आलिया भट्टको सफलताको रहस्य के हो ? जर्मनीसँग उनको सम्बन्ध के ?

बिहीबार, २७ असोज २०७९, १५ : ०६
बिहीबार, २७ असोज २०७९

‘हातमा पमपम लिएर केटाहरूका लागि चिच्याउनु, त्यो मेरो शैली होइन । तिनीहरू मेरा लागि चिच्याउन्, सिट्टी बजाउन्, द्याट्स माई थिङ ।’

यो फिल्म ‘स्टुडेन्ट अफ द इयर’ को शनाया सिंघानिया अर्थात् आलिया भट्टको डायलग थियो । फिल्ममा शनाया फ्यान्टेसी कलेजमा अध्ययनरत धनी केटी हुन् जसको जीवन डिजाइनर कपडा, महँगो सवारी साधन, उच्च जीवनशैली र आफ्ना प्रेमीहरुको वरिपरि घुम्छ ।

दस वर्षअघि २०१२ मा आलिया भट्टले ‘स्टुडेन्ट अफ द इयर’ बाट डेब्यु गरिन्, थोरैले मात्र स्टार किड आलियालाई गम्भीर रूपमा लिएका थिए । यदि तपाईंले त्यतिबेलाका समीक्षाहरू पढ्नुभएको थियो भने त्यसमा लेखिएका थिए – आलिया भट्टसँग न अभिनय कौशल छ, न त स्क्रिन प्रेजेन्स । उनको प्रशंसा भइहाल्यो भने पनि उनको क्युटनेस र एक प्रकारको अपरिपक्वताका लागि हुने गर्दथ्यो ।

तर आलियाको अभिनयको बारेमा खास केही भनिएन । त्यसपछि सन् २०१४ मा उनको डेब्यु फिल्मको दुई वर्ष पछि नै फिल्म ‘हाइवे’ आयो ।

फिल्ममा वीरा (आलिया भट्ट), एक धनी, सम्पन्न परिवारकी छोरी अपहरणमा पर्छिन् । तीन जनाको हत्या गर्ने एक हत्यारा अपहरणकर्ता (रणदीप हुड्डा), हाइवेको लामो यात्रा र एक युवती जो यो कैदपूर्ण यात्रामा आफू र आफ्नो जीवनको प्रश्नको जवाफ खोज्न थाल्छिन्, त्यसपछि धेरै तिता सत्यहरू बाहिर आउँछन् ।

ती लामो चिच्याहट र लामो मोनोलग वीराले बाल्यकालमा आफूमाथि भएको यौन शोषणको घटना एक अपरिचित हत्यारालाई सुनाउँछिन् । यो कुरा वर्षौँदेखि उनलाई भित्रभित्रै खाइरहेको थियो ।

उनी भन्छिन्, ‘म नौ वर्षको थिएँ । काकाले आयातित चकलेट ल्याउँथे । मलाई काखमा राखेर बाथरुममा एक्लै बसेर माया गर्थे । म चिच्याउँथेँ, तर उनले मुख थुनिदिन्थे । धेरै पीडा हुन्थ्यो । ल... ल.... भइहाल्यो । यसो भन्थे । तिमी संसारको सबैभन्दा राम्री केटी हौ । बारम्बार आउँथे । कसैलाई केही नभन्न धम्की पनि दिन्थे । एकदिन यसबारे आमालाई भनेँ । आमाले पनि कसैलाई नभन्न भन्नुभयो । उनी चकलेट लिएर आइरहे । उनले मलाई माया गर्छन् । म हाँस्छु । उनलाई नमस्ते गर, उनको खुट्टा ढोग । उनकै बीचमा बस्नु छ ।’

दुई वर्षमा शनायाबाट वीरामा आलिया भट्टको रूपान्तरण कसरी भयो दर्शकले पत्याउन सकेनन् ।

अभिनेता, निर्माता, व्यवसायी आलिया

फिल्म ‘हाइवे’ मा अज्ञात बाटोमा हिँड्ने हिम्मत देखाएकी यी आलिया आज हिन्दी फिल्म उद्योगको शीर्ष नायिका बनेकी छिन् । अब ‘डार्लिङ्स’ फिल्मबाट उनी निर्माता पनि बनेकी छिन् । अहिलेसम्म, उनले चारवटा फिल्मफेयर अवार्ड जितिसकेकी छिन्, फोर्ब्स इन्डिया १०० को सूचीमा छिन् र बच्चाको कपडाको आफ्नो कम्पनीसँगै एक व्यवसायी पनि छिन् ।

र अब उनी आमा पनि बन्न लागेकी छिन् । आलियाले ‘स्टुडेन्ट अफ द इयर’ देखि  ‘ब्रह्मास्त्र’ सम्मको यात्रा तय गरिसकेकी छिन् ।

२९ वर्षीया आलियासँग ‘डार्लिङ्स’ मा काम गरेकी अभिनेत्री शेफाली शाह भन्छिन्, ‘जब मैले आलियासँग काम गरें, म छक्क परेँ कि उनी कति अनुभवी छिन् र उनी आफ्नो काममा कति उत्कृष्ट छिन् । सहकर्मीको रुपमा मैले उनीबाट धेरै कुरा सिकेकी छु । आलिया डार्लिङ्सकी निर्माता पनि हुन् । तर जब उनी सेटमा हुन्थिन् निर्माताको अनुहार गायब हुन्थ्यो । उनी एक अभिनेत्रीको रुपमा पेश हुन्थिन् ।’

एक अभिनेताको रूपमा आलियाको कामलाई हेर्दा, उनले रोमान्टिक र कमेडी फिल्महरू गरिन् । उनले अचम्मका फिल्ममा पनि काम गरिन् । उनको वास्तविक जीवन र पृष्ठभूमि पनि अचम्म रह्यो ।

आलियाको यात्रा

उमेर – २९ वर्ष

पिता – महेश भट्ट, गुजरातबाट

आमा – सोनी राजदान, आधा कश्मिरी, आधी जर्मन

सन् २०१७ देखि तीन पटक फोर्क्स इन्डियाको सूचीमा रहिन् ।

सन् २०१९ को फोर्ब्सको सेलिब्रिटी १०० सूतीमा ८ औँ स्थानमा रहिन् ।

हालसम्मको सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘गली बोय’ ।

आलियाको जर्मन कनेक्सन

आलियाको नाता गुजरातदेखि जर्मनीसँग छ । गुजरातबाट आएका पिता महेश भट्टको परिवार दशकौंदेखि फिल्ममा छ । यस्तै, उनकी आमा सोनी राजदान आधा कश्मीरी र आधा जर्मन हुन् ।

त्यसैले बर्लिन फिल्म फेस्टिभलमा आलियाको फिल्म छनोट हुँदा, त्यो पल उनका लागि निकै विशेष रह्यो ।

आलियाको जर्मन जरा बारे महेश भट्टले लेखेका छन्, ‘रुखको हाँगा जस्तै हामी मानिस पनि  फरक–फरक दिशातर्फ बढ्छौँ । तर पनि जरा त्यहि रहन्छ । आलिया, तिम्रो फिल्म ‘हाइवे’ र ‘गली बोय’ बर्लिन फिल्म फेस्टिबलमा गयो । त्यहि जर्मनी जहाँ तिम्री हजुरआमाको जन्म भएको थियो । फिल्म हाइवेमा जुन विद्रोही स्वभाव आलियाले देखाइन्, त्यो स्वभाव त आलियाले आफ्नो जिजुबुवाबाट पाएकी छिन् । आलियाका जिजुबुवाले नाजीसँग लडेका थिए र यसका लागि उनले ठूलै मूल्य पनि चुकाउनु परेको थियो । उनले हिटलरविरुद्ध अन्डरग्राउन्ड पत्रिका चलाउँथे । पक्राउ पर्दा उनलाई दुई वर्षका लागि जेलमा राखियो ।’

आलिया आफैँले पनि आफ्नी हजुरआमा सँगको फोटो सेयर गरिरहन्छिन् र हालै अप्रिलमा उनको ९३ औँ जन्मदिनमा सानी राजदानले पनि फोटो हालेकी थिइन् ।

आलिया भट्टको यात्राको कुरा गर्ने हो भने १० वर्षमा उनले आफूलाई धेरै तरिकाले गलत साबित गरिन् र शीर्ष लिगमा आफूलाई स्थापित गरिन् ।

बलिउडमा आलियाको यात्रा

सन् १९९९ – संघर्ष (बाल कलाकार)

सन् २०१२ – स्टुडेन्ट अफ द इयर

सन् २०१४ – हाइवे (फिल्मफेयर क्रिटिक्स अवार्ड)

सन् २०१६ – उड्ता पंजाब (फिल्मफेयर अवार्ड)

सन् २०१८ – राजी (फिल्मफेयर अवार्ड)

सन् २०१९ – गली बोय (फिल्मफेयर अवार्ड)

सन् २०२२ – गंगुबाई काठियावाडी

सन् २०२२ – डार्लिङ्स (निर्माता)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप