कालिकोटमा पूर्वमुख्यमन्त्री शाहीलाई कति चुनौती ?

प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको कालिकोटमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही उम्मेदवार बनेका छन् । कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बनेका शाही यस पटक प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका हुन् ।
उनीविरुद्ध नेकपा एमालेका नगीन्द्र शाही चुनावी मैदानमा छन् । सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धन बहादुर बुढा, नेपाल मजदुर किसान पार्टीबाट खड्गराज शाही, नेपाली कांग्रेस (बी.पी.)बाट पंख बहादुर विष्ट उम्मेदवार बनेका छन् ।
जाजरकोटमा काशी चन्द्र बराल र धन प्रसाद पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रको राम्रो प्रभाव रहेको यो जिल्लामा कांग्रेस र नेकपा एकीकृत समाजवादीको समेत साथ पाएकाले आसन्न निर्वाचनमा महेन्द्रबहादुर शाही बलियो दाबेदार मानिएका छन् । एमालेले पनि कालिकोटमा आफ्नो राम्रो प्रभाव रहेको दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् अवरुद्ध हुँदा कर्णालीमा नेपाल टेलिकमको सेवा सञ्चालनमा कठिनाइ
-
कुशलपछि आसिफ शेखको अर्धशतक
-
कुशलले तोडे दीपेन्द्रको रेकर्ड
-
काठमाडौँ विश्वविद्यालयमा अखिल (क्रान्तिकारी)ले थाल्यो रिले अनशन
-
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, भुवन महरा पुनः सभापति निर्वाचित
-
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प