कालिकोटमा पूर्वमुख्यमन्त्री शाहीलाई कति चुनौती ?
प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको कालिकोटमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही उम्मेदवार बनेका छन् । कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बनेका शाही यस पटक प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका हुन् ।
उनीविरुद्ध नेकपा एमालेका नगीन्द्र शाही चुनावी मैदानमा छन् । सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धन बहादुर बुढा, नेपाल मजदुर किसान पार्टीबाट खड्गराज शाही, नेपाली कांग्रेस (बी.पी.)बाट पंख बहादुर विष्ट उम्मेदवार बनेका छन् ।
जाजरकोटमा काशी चन्द्र बराल र धन प्रसाद पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रको राम्रो प्रभाव रहेको यो जिल्लामा कांग्रेस र नेकपा एकीकृत समाजवादीको समेत साथ पाएकाले आसन्न निर्वाचनमा महेन्द्रबहादुर शाही बलियो दाबेदार मानिएका छन् । एमालेले पनि कालिकोटमा आफ्नो राम्रो प्रभाव रहेको दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण