सिकाई सामाग्री निर्माण गर्न विश्वविद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइने
माध्यमिक विद्यालयका विद्यार्थीहरूका सिकाई सामाग्री निर्माण गर्न विश्वविद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइने भएको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेको छ ।
माध्यमिक विद्यालयहरू (कक्षा ५–१०) मा प्रयोग हुने विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (एसटीईएम) विषयको सिकाई सामाग्री निर्माण गर्नको लागि मन्त्रालयले विश्वविद्यालयका विद्यार्थीहरूलाई आह्वान गरेको हो । यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा विद्यार्थी समूहबाट निवेदन माग गरिनेछ । प्राप्त निवेदनहरूबाट दोस्रो चरणका लागि समूह छनौट गरिनेछ । विद्यार्थी समूहलाई आफ्नो सोच अनुसारको वस्तु निर्माण गर्न ४ महिनाको समय दिइने मन्त्रालयले जनाएको छ ।
दोस्रो चरणमा सहभागी सबै समूहलाई ‘विश्वविद्यालयका विद्यार्थीहरूबीच (एसटीईएम मेटिरियल्स सम्बन्धी) प्रतिस्पर्धासँग सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०७९’ बमोजिम आर्थिक सहयोग गरिनेछ । प्रतिस्पर्धामा सहभागी हुन चाहने विद्यार्थीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ । आवेदन दिँदा सबै आवश्यक कागजात प्रमाणित गरेर स्क्यान गरी इमेलमा पठाउन सकिने मन्त्रालयले जनाएको छ ।
विश्वविद्यालयका स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीले उक्त प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । पहिलो र दोस्रो चरणमा पेश हुन आएका निवेदनमाथि छानबिन÷अध्ययन एवं छनौट गरी मन्त्रालय समक्ष सिफारिस गर्न एक छनौट समिति गठन गरिनेछ । मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन गरिने समितिमा १० सदस्य रहनेछन् । दोस्रो चरणमा छनौट भएका र समयमै आफ्नो योजना अनुसारको निर्माण सम्पन्न गरी मन्त्रालयलाई जानकारी गराएका र प्रदर्शनी स्थलमा उपस्थित भई मूल्यांकनलाई आफ्नो सोच/डिजाइनको बारेमा सोधिएका प्रश्नहरूको जवाफ दिएका केही वा सबै विद्यार्थी समूहहरूलाई छनौट समितिको सिफारिसमा यन्त्र वा सफ्टवेयर बनाउँदा लाग्ने खर्च बापत न्यूनतम २५ हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराउनेछ ।
उपकरण वा सफ्टवेयर बनाउँदा लाग्ने खर्च बाहेक दोस्रो चरणमा मूल्यांकनबाट प्रथम, द्वितीय तथा तृतीय हुने विद्यार्थी समूहलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइनेछ । दोस्रो चरणमा छनौट भएका र प्रदर्शनीको दिन उपस्थित भई आफ्ना यन्त्र सफ्टवेयरको बारेमा प्रस्तुतीकरण दिने सबै विद्यार्थी एवं मेन्टरलाई कदरपत्र प्रदान गरिनेछ । विश्वविद्यालयका विद्यार्थीहरूबीच सिर्जनशीलता, खोज, अनुसन्धान, नवप्रवर्तन र व्यावसायिकतालाई प्रवर्द्धन गरी भविष्यमा विज्ञ, उद्यमी, व्यावसायिक, सीपयुक्त एवं स्वावलम्बी नागरिक बन्न सहयोग पु¥याउने यो कार्यक्रमको उद्देश्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा
-
दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा