बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीका ४ निर्वाचन क्षेत्रमा ७० उम्मेदवार, उपेन्द्र यादव–सीके राउत आमने सामने

बिहीबार, २७ असोज २०७९, १४ : ४७
बिहीबार, २७ असोज २०७९

सप्तरीका ४ निर्वाचन क्षेत्रमा आगामी मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचनमा ७० उम्मेदवार रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार क्षेत्र नम्बर १ मा २०, २ मा १६, ३ मा १८ र ४ मा १६ उम्मेदवार रहेका छन् । 

सप्तरी क्षेत्र नम्बर २ मा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्र कान्त राउत (सीके) राउत आमने सामने भएका छन् ।

क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपालबाट उपेन्द्र यादवको उम्मेदवारी हुँदा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट    जयप्रकाश ठाकुर उम्मेदवार छन् ।  यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका कैला मंसुरी, नेपाल मजदुर किसान पार्टीका देवनारायण यादवको पनि उम्मेदवारी रहेको छ । 

यस्तै हाम्रो नेपाली पार्टीका डम्वर नारायण साह तेली, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका हजरत अलि, नेपाली कांग्रेस (बीपी) का चिरंजिबी लाल देव, पिछडावर्ग निषाद दलित जनजाती पार्टीका    सु्मित्रा मंडल, नेपाल संघीय समाजवादी पार्टीका    प्रमिला देवी मण्डल, नेपाली जनता दलका चन्द्र कुमारी देव, राष्ट्रिय स्वतन्त्र पार्टीका बरुणकुमार झाको उम्मेदवारी रहेको छ । स्वतन्त्रबाट विरेन्द्र कुमार मिश्र, महेन्द्र प्रसाद देव, चित्तनारायण यादव र विनोदकुमार यादवको पनि उम्मेदवारी रहेको छ ।

यसैगरी क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका रामदेव साह, जनता समाजवादी पार्टी, नेपालबा  नवल किसोर साह सुडीको उम्मेदवारी रहेको छ । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णु देव यादव, नेपाल मजदुर किसान पार्टीका हरिशंकर पंडित कुम्हाल, जनमत पार्टी जयकान्त राउत, नागरिक उन्मुक्ति पार्टीका टिकालक्ष्मी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नागेशरप्रसाद साह, मंगोल नेशनल अर्गनाइजेसनका    पदम वहादुर राना, नेपाल लोकतान्त्रिक पार्टीका श्रवणकुमार चौधरी थारु, राष्ट्रिय स्वतन्त्र पार्टीका निरंजन प्रसाद कुशवाहाको उम्मेदवारी रहेको छ । 

यस्तै स्वतन्त्रबाट १० जनाको उम्मेदवारी रहेको छ । उम्मेदवारमा रोहित कुमार पोखरेल, दिलीप कुमार चौधरी, फजिल मंसुरी, विद्यानन्द लेखी, सर्वेश कुमार नायक, नारायण ठाकुर, प्रकाशकुमार नाहाटा, कविन्द्र यादव, चन्द्रनारायण यादव र अशोककुमार मण्डल रहेका छन् ।

यसैगरी क्षेत्र नम्बर ३ मा एमालेले ताराकान्त चौधरी, नेपाली काँग्रेसले दिनेश कुमार यादवलाई उम्मेदवार बनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गंगाराम ठाकुर, नेपाल मजदुर किसान पार्टीका  मखबुल मियाँ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका  लक्ष्मीकान्त मंडल, जनमत पार्टीका अनिश अंसारी, हाम्रो नेपाली पार्टीका नवीन मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका    शिवेश्वर रजक, नेपाल कम्युनिष्ट पार्टीका अचमित लाल चौधरी, नेपाल संघीय समाजवादी पार्टीका सीताराम खंग, नेपाली जनता दलका रामवावु रजक र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार साह उम्मेदवार छ । 

यस्तै स्वतन्त्रबाट महेन्द्र प्रसाद साह, दिपेन्द्रकुमार साह, सिताराम मंडल, श्रीकान्त राउत, सुरेशकुमार यादव र रामचन्द्र साहको उम्मेदवारी रहेको छ।

क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका तेजुलाल चौधरी र जनता समाजवादी पार्टी, नेपालका वालकिसोर यादव उम्मेदवार रहेका छन् । सो क्षेत्रमा जसपा र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ भने जसपालाई एमालेको समर्थन रहेको छ । 

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टले मकुन चौधरी, जनमत पार्टीले सुकदेव प्रसाद साह, नागरिक उन्मुक्ति पार्टीले देमन मियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले कपिल देव यादव, बहुजन शक्ति पार्टीले बिश्वेन्द्र पासवान, नेपाल सद्भावना पार्टी    संजोग चौधरी नेपाल आमा पार्टीले देवानन्द   चौधरी , राष्ट्रिय स्वतन्त्र पार्टीले मो इरफान आलम उम्मेदवार मैदानमा उतार्दा  स्वतन्त्रबाट सुरेश कुमार चौधरी थारु, मो कासीम मिया, जियाउल रहमान,  छेदी लाल पासवान, शंकर लाल चौधरी र माधुरी कुमारी साहको उम्मेदवारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप