दैलेखमा गठबन्धन भर्सेस एमाले, यी हुन् उम्मेदवार

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा सत्तारुढ गठबन्धनबाट एउटा क्षेत्रमा नेकपा एकीकृत समाजवादी र अर्को क्षेत्रमा नेपाली कांग्रेसले उम्मेदवारी दिएको छ । क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अमरबहादुर थापा गठबन्धनबाट उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा उनी प्रदेश सभातर्फ एमालेबाट निर्वाचित भएका थिए । एमाले विभाजनका क्रममा नेकपा एकीकृत समाजवादीमा रहेका उनलाई पार्टीले यस पटक संघीय संसदका लागि उम्मेदवार बनाएको हो ।
सो क्षेत्रमा एमालेबाट रविन्द्रराज शर्मा उम्मेदवार छन् । यहाँ राप्रपाले कुन्तीकुमारी शाहीलाई उम्मेदवार बनाएको छ । यस्तै, नेमकिपाबाट प्रकाश गुरुङ र नेपाली कांग्रेस (बीपी) बाट भुपालबहादुर थापा उम्मेदवार छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्द्रप्रसाद शर्मा र स्वतन्त्र उम्मेदवारका रुपमा निरखबहादुर थापा र गोपाल नेपाली चुनावी मैदानमा छन् ।
क्षेत्र नम्बर २ मा एमालेले लक्ष्मीप्रसाद पोखरेललाई उम्मेदवार बनाएको छ । यहाँ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका दिक्पालकुमार शाही उम्मेदवार छन् । यस्तै, राप्रपाबाट लोकेन्द्रराज गिरी, नेमकिपाबाट केसेन्द्र प्रकाश कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बखत बहादुर भण्डारी उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज