बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘नालापानी’ लाई कर छुट दिन बोर्डले थाल्यो पहल

बिहीबार, २७ असोज २०७९, १४ : ३१
बिहीबार, २७ असोज २०७९

कात्तिक ४ गतेबाट रिलिज हुन लागेको ऐतिहासिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’ लाई कर छुट दिन पहल सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म युनिटसँगको भेटमा कर छुट गर्न पहल सुरु गरेको बताए । 

‘बुधबार सञ्चार सचिव डा.बैकुण्ठ अर्यालसँगको भेटमा नालापानीलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छु । सचिवले पहल गर्ने कुरो भएको छ’ केसीले भने, ‘नेपालको गौरवगाथा बोकेको यो फिल्म नेपालको ऐतिहासिक बिषयमा बनेको हुँदा र चलचित्र विकास बोर्डले विशेष चलचित्र घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेकोले पनि कर छुटको लागि योग्य छ भनेर मैले पहल सुरु गरेको हुँ ।’ केसीले बोर्डबाट पनि ‘नालापानी’ ले दिन सकिने सबै सुविधा दिने सुनाए ।

नालापानीका निर्माता तथा निर्देशक रिमेश अधिकारीले ढिलै भएपनि राज्यले सुविधा दिन खोजेकोमा खुशी व्यक्त गरे । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर फिल्म ‘नालापानी’ निर्माण भएको हो । यसमा वीर योद्धा कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा देखाउन खोजिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप