सुर्खेतका दुवै क्षेत्रमा कांग्रेसलाई गठबन्धनको साथ, यस्ता छन् प्रतिस्पर्धी
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनको साथ लिएर नेपाली कांग्रेसले उम्मेदवारी दिएको छ । सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका छन् । यहाँ एमालेले ध्रुवकुमार शाहीलाई उम्मेदवार बनाएको छ ।
यस क्षेत्रमा जसपा नेपालका कर्णबहादुर थापा, राप्रपाका छत्रपति थापा क्षेत्री, नेमकिपाका प्रेम कुमार थापा, राप्रपा नेपालका जीवन चन्द, मंगोल नेशनल अर्गनाइजेसनका शेरबहादुर घर्तीमगर र स्वतन्त्र उम्मेदवार मोहम्मद हसरत अली चुनावी मैदानमा छन् ।
यस्तै, क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका हृदयराम थानी उम्मेदवार छन् । यस क्षेत्रमा एमालेले अमृतबहादुर बुढा क्षेत्रीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा जसपा नेपालका दिप बहादुर नेपाली, राप्रपाका भीम बहादुर शाही, नेमकिपाका तुल्छी खड्का, नेकपा माओवादी समाजवादीका टेक्मल दमाई, राप्रपा नेपालका वीरेन्द्राकुमारी चन्द, नेशनलिस्ट पिपल्स पार्टीका कुमारी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर चुनारा उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण