शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतका दुवै क्षेत्रमा कांग्रेसलाई गठबन्धनको साथ, यस्ता छन् प्रतिस्पर्धी

बिहीबार, २७ असोज २०७९, १४ : २६
बिहीबार, २७ असोज २०७९

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनको साथ लिएर नेपाली कांग्रेसले उम्मेदवारी दिएको छ । सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका छन् । यहाँ एमालेले ध्रुवकुमार शाहीलाई उम्मेदवार बनाएको छ ।

यस क्षेत्रमा जसपा नेपालका कर्णबहादुर थापा, राप्रपाका छत्रपति थापा क्षेत्री, नेमकिपाका प्रेम कुमार थापा, राप्रपा नेपालका जीवन चन्द, मंगोल नेशनल अर्गनाइजेसनका शेरबहादुर घर्तीमगर र स्वतन्त्र उम्मेदवार मोहम्मद हसरत अली चुनावी मैदानमा छन् ।

यस्तै, क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका हृदयराम थानी उम्मेदवार छन् । यस क्षेत्रमा एमालेले अमृतबहादुर बुढा क्षेत्रीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा जसपा नेपालका दिप बहादुर नेपाली, राप्रपाका भीम बहादुर शाही, नेमकिपाका तुल्छी खड्का, नेकपा माओवादी समाजवादीका टेक्मल दमाई, राप्रपा नेपालका वीरेन्द्राकुमारी चन्द, नेशनलिस्ट पिपल्स पार्टीका कुमारी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर चुनारा उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप