शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा रामहरिले बदला लेलान् कि यज्ञराज दोहोरिएलान् ?

बिहीबार, २७ असोज २०७९, १४ : २२
बिहीबार, २७ असोज २०७९

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा ओखलढुंगामा कांग्रेस उम्मेदवार रामहरि खतिवडा र एमालेका उम्मेदवार यज्ञराज सुनुवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ।  अघिल्लो निर्वाचनमा सुनुवारसँगै पराजित खतिवडालाई यो पटक सत्ता गठबन्धनको समर्थन रहेको छ । 

यता सुनुवार भने सत्ता गठबन्धन विरुद्ध एक्लै मैदानमा रहेका छन् । यो निर्वाचनमा खतिवडाले जिते उनले सुनुवारसँग बदला लिनेछन् भने सुनुवार पनि फेरि जीत हासिल गर्ने दाउमा छन् ।  ओखलढुंगामा दुबै उम्मेदवार उत्तिकै लोकप्रिय भएकाले यो चुनावलाई महत्वका साथ हेरिएको छ । 

ओखलढुंगामा यी दुई उम्मेदवार बाहेक जनता समाजवादी पार्टी, नेपालले जुद्धबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीले डिक प्रसाद बास्तोला, नेपाल मजदुर किसान पार्टीले  कुमार तामाङ्ग, मंगोल नेशनल अर्गनाइजेसनले    विर्ज वहादुर थापा मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले    ङिमा लमु शेर्पा र  राष्ट्रिय स्वतन्त्र पार्टीले    शोभा कार्कीलाई उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप