ओखलढुंगामा रामहरिले बदला लेलान् कि यज्ञराज दोहोरिएलान् ?
आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा ओखलढुंगामा कांग्रेस उम्मेदवार रामहरि खतिवडा र एमालेका उम्मेदवार यज्ञराज सुनुवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ। अघिल्लो निर्वाचनमा सुनुवारसँगै पराजित खतिवडालाई यो पटक सत्ता गठबन्धनको समर्थन रहेको छ ।
यता सुनुवार भने सत्ता गठबन्धन विरुद्ध एक्लै मैदानमा रहेका छन् । यो निर्वाचनमा खतिवडाले जिते उनले सुनुवारसँग बदला लिनेछन् भने सुनुवार पनि फेरि जीत हासिल गर्ने दाउमा छन् । ओखलढुंगामा दुबै उम्मेदवार उत्तिकै लोकप्रिय भएकाले यो चुनावलाई महत्वका साथ हेरिएको छ ।
ओखलढुंगामा यी दुई उम्मेदवार बाहेक जनता समाजवादी पार्टी, नेपालले जुद्धबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीले डिक प्रसाद बास्तोला, नेपाल मजदुर किसान पार्टीले कुमार तामाङ्ग, मंगोल नेशनल अर्गनाइजेसनले विर्ज वहादुर थापा मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ङिमा लमु शेर्पा र राष्ट्रिय स्वतन्त्र पार्टीले शोभा कार्कीलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण