गठबन्धनको विज्ञप्तिप्रति लोसपाको आपत्ति
![गठबन्धनको विज्ञप्तिप्रति लोसपाको आपत्ति](https://rpcdn.ratopati.com/media/albums/Mahanta-Thakur_06sf3LDwOp.jpg)
सत्ता गठबन्धनले हिजो जारी गरेको विज्ञप्तिप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आपत्ति जनाएको छ । सर्लाही क्षेत्र नम्बर २ मा गठबन्धनको आधिकारिक उम्मेदवार को हो भनेर अन्योल रहेका बेला सत्ता गठबन्धनमा रहेका दलहरुले संयुक्त विज्ञप्ति जारी गरी प्रष्ट पारेका छन् । तर लोसपाले त्यसमा आपत्ति जनाएको छ ।
सर्लाही २ मा माओवादी केन्द्रको तर्फबाट महेन्द्र राय यादव र लोसपाको तर्फबाट राजेन्द्र महतो उम्मेदवार बनेका छन् । दुवै उम्मेदवार गठबन्धनको भएपनि त्यहाँ मित्रवत प्रतिस्पर्धा हुने सहमति भएको लोसपाले जनाएको छ । तर हिजो गठबन्धनले विज्ञप्ति जारी गरी सर्लाही २ मा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार महेन्द्र राययादव, सर्लाही क्षेत्र नम्बर २ प्रदेशसभा (१) मा सुनिल साह र प्रदेशसभा (२) मा कौशल किशोर राय यादव उम्मेदवार रहेको प्रष्ट पारेको थियो ।
त्यसलगत्तै लोसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरी लोसपा र सत्ता गठबन्धनको नेतृत्व गर्ने दल नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्रीबीच असोज २२ गते भएको सहमति विपरित गठबन्धनको विज्ञप्ति आएको बताएका छन् ।
अध्यक्ष ठाकुरले सर्लाही २ मा मित्रवत प्रतिस्पर्धा हुने, सर्लाही २ को (क) मा काँग्रेस, (ख) मा लोसपा, सर्लाही १ को (क), महोत्तरी १ (क) र महोत्तरी १ (ख) मा लोसपाको उम्मेदवार रहने गठबन्धनका मुख्य घटक दल काँग्रेस र लोसपाबीच सहमति भएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तजनद्वारा पशुपतिनाथको छाया दर्शन
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गौशालाका गाईलाई छैन आहारा
-
माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रतको समापन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
च्याम्पियन्स लिग : नकआउट चरण प्लेअफको पहिलो लेगमा रियाल विजयी, दबाबमा म्यान्सिटी