शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीका ३ निर्वाचन क्षेत्रमा को–कोबीच हुँदैछ मुख्य प्रतिस्पर्धा ?

बिहीबार, २७ असोज २०७९, १३ : २८
बिहीबार, २७ असोज २०७९

प्रतिनिधिसभा सदस्यका लागि कास्कीका तीन निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ४६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जसमध्ये तीनवटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यो जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका मनबहादुर गुरुङ र सत्ता गठबन्धनबाट कांग्रेसका किशोरदत्त बरालबीच मुख्य प्रतिस्पर्धा हुनेछ । 

यी बाहेक यो क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका शर्मिला नेपाली मंग्राती, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्र माक, हाम्रो नेपाली पार्टीका प्रमोद आचार्य र नेकपा माओवादी समाजवादीका टुकबहादुर सिंजाली पनि प्रतिस्पर्धामा उत्रिएका छन् । 

२ स्वतन्त्रसहित १४ जना उम्मेदवार रहेको यो क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेसनका यज्ञबहादुर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका    सीता श्रीसमगर, एकीकृत शक्ति नेपालका सविना वेगम, आमूल परिवर्तन मसिहा पार्टी नेपालका शिवप्रसाद अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई तथा स्वतन्त्र उम्मेदवार सौगात जिसी र दिलबहादुर राना चुनावी मैदानमा छन् । 

त्यस्तै कास्की निर्वाचन क्षेत्र नम्बर २ मा ५ स्वतन्त्र सहित १६ जनाले उम्मेदवारी दिएका छन् ।  जसमा एमालेका विद्या भट्टराई र एमालेबाटै छुट्टिएको नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । विद्या तत्कालीन पर्यटनमन्त्री रवीन्द्र भट्टराईकी पत्नी हुन् भने बराल पुराना वाम नेता हुन् । 

भट्टराई र बरालबाहेक यो क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका   बुद्धिकुमारी गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्त, नेपाल मजदुर किसान पार्टीका पशुपति प्रजापति, जनमत पार्टीका महेन्द्र शर्मा, हाम्रो नेपाली पार्टीका    शिरीष गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका ज्ञानराज गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चका    बालकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टी ईश्वरबहादुर राना, आमूल परिवर्तन मसिहा पार्टीका गिताबहादुर रोका, राष्ट्रिय स्वतन्त्र पार्टीका    माधवप्रसाद कँडेल उम्मेदवार रहेका छन् । त्यस्तै स्वतन्त्रतर्फ    महादेव गुरुङ, तारानाथ सुवेदी, जमुना शर्मा, गितानाथ र ऋगेन्द्र गिरीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा ८ राजनीतिक पार्टी र सात स्वतन्त्रले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा पनि नेकपा एमाले  र माओवादीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा एमालेका दामोदर पौडेल वैरागी र माओवादीका रामजीप्रसाद बराल (जीवन)बीच प्रतिस्पर्धा हुने भएको छ । माओवादीका बराललाई कांग्रेससहितको समर्थन छ ।  

यी बाहेक यो क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका हितकाजी गुरुङ्ग, राप्रपाका जगतप्रसाद सुवेदी, नेमकिपाका बलराम सिबन्जार, हाम्रो नेपाली पार्टीका विवेककुमार पौड्याल, मंगोल नेशनल अर्गनाइजेसनका गंगाकुमारी खपाङगी तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका    योगराज पौडेलले उम्मेदवारी दिएका छन् । 

स्वतन्त्रतर्फ ७ जनाको उम्मेदवारी छ । जसमा दुर्गाप्रसाद कोइराला, पशुपतिनाथ तिमिल्सिना, कमलजङ्ग कुँवर, ढकबहादुर कार्की, अनिता भुर्त्याल, यादवप्रसाद तिमिल्सिना र टंकप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप