शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीका ४ निर्वाचन क्षेत्रमा ९४ उम्मेदवार, को–को छन् चुनावी मैदानमा ?

बिहीबार, २७ असोज २०७९, १३ : ०८
बिहीबार, २७ असोज २०७९

सुनसरीको ४ निर्वाचन क्षेत्रमा ९४ जनाले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार प्रतिनिधिसभामा ९४ जनाको उम्मेदवारी कायम भएको हो । 

क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । आयोगका माओवादी केन्द्रले मुक्सामहाङ्ग सुब्बालाई उम्मेदवार बनाएको छ । यसैगरी एमालेले जनता समाजवादी पार्टी, नेपालका अशोक कुमार राईलाई समर्थन गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले अशोक कुमार राई तथा जनमत पार्टीले फत्त बहादुर खडकालाई उम्मेदवार बनाएको छ । 

यसैगरी किरात खम्बुवान साझा पार्टीले देवी बहादुर राई, मंगोल नेशनल अर्गनाइजेसनलेप्रेम बहादुर श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सरस्वती सुब्बा, जनसमाजवादी पार्टी नेपाललेमंगल सिंह लिम्बु, राष्ट्रिय स्वतन्त्र पार्टीे गोमा तामाङलाई उम्मेदवार बनाएको छ । 

यस्तै स्वतन्त्रबाट कृष्ण कुमार राई,  तर्क बहादुर मगर, मनोज कुमार मेयाङ्गबो, जिवन कला राई, कुमार कार्की, वासु प्रसाद उपाध्याय, विजय कुमार राई,    संजय कुमार राई, मातृका प्रसाद भट्टराई, कुल बहादुर लिम्वु र करुणा राई उम्मेदवार रहेका छन् । 

यस्तै क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी एमालेले भीम प्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले नेपाली काँग्रेसका सिताराम महतोलाई उम्मेदवार बनाएको छ । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले दिनेश कुमार बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले   मुमताज मियाँ, जनमत पार्टीले रामानन्द मेहता, मौलिक जरोकिलो पार्टीले रोहित कुमार दुलाल, हाम्रो नेपाली पार्टीले राजेश चौधरी, नागरिक उन्मुक्ति पार्टीले दिपक राज चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले    रामेश्वर साहु हल्वाई, मंगोल नेशनल अर्गनाइजेसनले पूर्ण बहादुर गुरुङ्गलाई उम्मेदवार बनाएको छ । 

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले    नैन कुमार विश्वकर्मा, नेपाल लोकतान्त्रिक पार्टी    ले नुनु राम चौधरी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले शोभावती कुमारी चौधरी, विवेकशील साझा पार्टीले विजय् कुमार बस्नेत, जनसमाजवादी पार्टी नेपालले गजेन्द्र वहादुर ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीले    लाल बिक्रम थापालाई उम्मेदवार बनाउँदा स्वतन्त्रबाट ललन कुमार मेहता, शर्मानन्द खतिवडा, विदुर प्रसाद पौडेल, चेतनाथ पौडेल, वविता नुन्दी, मनोज कुमार मेहता, सुरेश कुमार मेहता, श्रवण कुमार मेहता, फरेन्द्र शाह, बाबुराम सुबेदी र प्रेम प्रसाद भट्टराईले उम्मेदपारी दिएका छन् ।
 
यसैगरी क्षेत्र नम्बर ३ मा एमालेबाट   भगवती चौधरी र नेपाली काँग्रेसबाट विजय कुमार गच्छदारले उम्मेदवारी दिएका छन् । चौधरीलाई जसपा र गच्छदारलाई सत्ता गठबन्धनको समर्थन रहेको छ । 

यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलदीप चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका देव नारायण यादव सिपलिया, मौलिक जरोकिलो पार्टीका रामेश्वर थापा, हाम्रो नेपाली पार्टी का यज्ञ बहादुर कटुवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजो देवी रिषिदेव, राष्ट्रिय जनमुक्ति पार्टीका साहाउद्धीन मिया, नेपाली कांग्रेस (बीपी)का अम्वर वहादुर राउत, पिछडावर्ग निषाद दलित जनजाती पार्टीका कुन्दन बहरदार, राष्ट्रिय स्वतन्त्र पार्टीका    कमल बाबु मैनालीले पनि उम्मेदवारी दिएका छन् । 

यस्तै स्वतन्त्रबाट किशोर कुमार विश्वास, कासनी थरुनि, फागु यादव, गंगा कुमारी खरेल, मुकेश प्रसाद ढकाल, सज्जन ऋषिदेव, सुधा देवी उराँवनी, कुमारी उराव, स्मित कार्की, सुमन कुमारी चौधरी र सहिमुद्धिन मियाले उम्मेदारी दिएका छन् । 

यसैगरी क्षेत्र नम्बर ४ बाट एमालेका जगदिश प्रसाद कुसियैत, नेपाली काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका    विध्यानन्द यादव, नेपाल मजदुर किसान पार्टीका अर्जुन प्रसाद भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका  कुञ्जी लाल यादवले उम्मेदवारी दिएका छन् । 

यस्तै जनमत पार्टीका देवराम यादव, जनता प्रगतिशिल पार्टी, नेपालका    गुलाबचन मुसहर, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका कुमार राई, नेपालका लागि नेपाली पार्टीका डम्बर बहादुर घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपाल    सत्य नारायण राम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मो सदिक मियाँ, एकीकृत शक्ति नेपालकागोपाल नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका जीवन कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । 

यस्तै स्वतन्त्रबाट समिर मंसुरी, धिरज वर्मा, केशव उराँव, फेकन दास मोची, बिद्यानन्द प्रसाद साह, खालिद हुसेन हक, श्याम प्रसाद ढकाल, केशव कार्की, डील्ली बहादुर बिष्ट, मनोज कुमार मण्डल, बालेश्वर यादव र अब्दुलजब्बार अंसारीले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप