भीम रावलबिना अछाममा एमालेलाई कति चुनौती ? यस्ता छन् प्रतिस्पर्धी

प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको अछाममा सत्तारुढ गठबन्धन र एमालेबीच नै आसन्न निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अछाम क्षेत्र नम्बर १ मा ६ र क्षेत्र नम्बर २ मा ५ उम्मेदवार छन् । क्षेत्र नम्बर १ मा एमालेले झपटबहादुर बोहोरालाई उम्मेदवार बनाएको छ ।
भीम रावललाई मौका नदिएको एमालेलाई यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट संघीय मन्त्री शेरबहादुर कुँवरले चुनौती दिँदैछन् । उनी नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका हुन् । यो क्षेत्रमा हाम्रो नेपाली पार्टीबाट तेजप्रसाद शर्मा उम्मेदवार छन् । यहाँ राजन कुँवर, महेन्द्रबहादुर बोगटी र हिक्मत कुँवर स्वतन्त्र उम्मेदवार छन् ।
यस्तै क्षेत्र नम्बर २ मा एमालेले यज्ञबहादुर बोगटीलाई उम्मेदवार बनाएको छ । यहाँ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका पुष्पबहादुर शाह उम्मेदवार छन् । यस क्षेत्रमा राप्रपाले मीनबहादुर शाही र नेमकिपाले झंकरबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा चन्द्रप्रसाद ढुंगानाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेमा प्रभावशाली मानिएका भीम रावललाई थन्क्याएर एमालेले क्षेत्र नम्बर १ मा बोहरा र २ मा बोगटीलाई उम्मेदवार बनाएको छ । अछाममा प्रभावशाली मानिएका रावलबिना यो निर्वाचनमा एमालेलाई गठबन्धनको सामना गर्न निकै चुनौती हुने जानकारहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)