शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

बिहीबार, २७ असोज २०७९, १२ : ५५
बिहीबार, २७ असोज २०७९

गृहमन्त्री बालकृष्ण खाण र  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री खाणले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए । ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाणले भने–‘नेपाल सरकार एक चीन नीतिप्रति विश्वस्त छ, छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ ।’

मन्त्री खाणले नेपालमा कुनै पनि मुलुक विरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने प्रतिवद्धता जनाएको छन् । राजदूत यान्छी आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कँदै छिन् । उनको कार्यकालमा चिनियाँ राष्ट्रपति सि चिनफिङ, राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुलगाययत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमण गरेका थिए । 

राजदूत यान्छीले चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर नयाँ महत्वपूर्ण जिम्मेवारीमा चिन फर्किन लागेकोमा मन्त्री खाणले शुभकामना दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप