शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा दुई ‘हेभिवेट’को प्रतिस्पर्धामा कसले मार्ला बाजी  ?

बिहीबार, २७ असोज २०७९, १२ : ५४
बिहीबार, २७ असोज २०७९

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङबाट एक स्वतन्त्र सहित १० जनाले उम्मेदवारी दिएका छन् । जसमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका देव गुरुङदेखि एमालेका पृथ्वी सुव्वा गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पीएस एमालेका उपमहासचिव हुन् भने उनी पुर्व गण्डकीका पूर्व​ मुख्यमन्त्री समेत हुन् । 

माओवादीका महासचिव समेत रहेका देव गुरुङ पूर्व कानुनमन्त्री हुन् । यो निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारहरुमा जनता समाजवादी पार्टी नेपालका नरेन्द्र बहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बाल चन्द्र श्रेष्ठ,नेपाल मजदुर किसान पार्टीका राजेन्द्र प्रसाद प्रजापति रहेका छन् । 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपाल टक बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङ्ग, नेपाली कांग्रेस बीपीका लक्ष्मी कान्त पौडेल,आमूल परिवर्तन मसिहा पार्टी नेपालकानन्द जङ गुरुङ,राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन वस्याल प्रतिस्पर्धा गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप