भोजपुरमा पूर्व मुख्यमन्त्रीलाई माओवादीका किराँतीको टक्कर, यी हुन् १ दर्जन प्रतिस्पर्धी

भोजपुरमा एमालेका नेता तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई र माओवादी केन्द्रका सुदन किराँतीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशबाट संघीय राजनीतिमा पुनः प्रवेश भएका शेरधन र सुदनबीचको प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छ । सुदनलाई गठबन्धनको समर्थन रहेको छ भने राई एक्लै चुनावी मैदानमा छन् ।
सोही निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालका ध्रुव छाङछा दुमिहाङ्ग राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जितेन्द्र घले, हाम्रो नेपाली पार्टीका रमेश प्रसाद ओझा, नेपालका लागि नेपाली पार्टीका डा सुरेश बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनका चन्द्र प्रसाद राई, खम्बुवान राष्ट्रिय मोर्चाका नेपाल ऋषि धन राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सनम छिरिङ शेर्पा पनि चुनावी मैदानमा छन् ।
यस्तै स्वतन्त्रबाट शक्ति राज राई, महेश योञ्जन र दिलिप कुमार खतिवडाले पनि उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरी विधेयक २०८१ दफावार छलफलका लागि समितिमा पठाइयो
-
माओवादीले चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय भेला गर्ने
-
मुस्लिम आयोगको प्रतिवेदन संसदमा पेस
-
कमेडियन मुनव्वर फारुकीविरुद्ध एफआईआर दर्ता, धार्मिक भावनालाई ठेस पुर्याएको आरोप
-
अनुहारमा दही लगाउँदाका यस्ता छन् नोक्सान
-
लामो प्रतीक्षापछि पृथ्वीमा फर्किने भए अन्तरिक्ष यात्री