शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा एमाले, जसपा र राप्रपा एक्लाएक्लै भिड्दै

बिहीबार, २७ असोज २०७९, १२ : ४८
बिहीबार, २७ असोज २०७९

प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको बझाङमा ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । अन्य केही सिटमा एमालेले राप्रपा र जसपासँग तालमेल गरे पनि बझाङमा भने एमाले, राप्रपा र जसपा एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।

यहाँ एमालेले ऐनबहादुर महरलाई उम्मेदवार बनाएको छ । यस्तै जसपा नेपालले रामबहादुर जाग्री र राप्रपाले विश्वप्रकाश जेठारालाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनबाट भने नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी उम्मेदवार छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रेमराज जोशीलाई उम्मेदवार बनाएको छ भने रामचन्द्र राना र डम्बरबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप