संखुवासभामा एमालेका गौतम भर्सेज कांग्रेसका खड्काबीच भिडन्त
संखुवासभामा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच चुनावी भिडन्त हुने भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले प्रतिनिधिसभातर्फ राजेन्द्रकुमार गौतमलाई उम्मेदवार बनाएको छ । यस्तै कांग्रेसले गठबन्धनको समर्थनमा दीपक खड्कालाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा यी दुई उम्मेदवार बीच प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
यसैगरी जनता समाजवादी पार्टी, नेपालले दीपककुमार राई (याक्खा), राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलामान कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले टिकाराम शाही, मंगोल नेशनल अर्गनाइजेसनले देवेन्द्रकुमार (रिल्ली) घले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राजकुमार लिम्बु, नेश्नलिष्ट पिपल्स पार्टीले विनोद घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीले कृष्णकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीले भक्तनारायण श्रेष्ठ र स्वतन्त्र उम्मेदवार प्रवीण कार्की र तेन्जी भोटियाले पनि उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण