शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ओली, लिङ्देन र विश्वप्रकाशसहित चर्चित अनुहारको चुनावी क्षेत्र झापाका ५ क्षेत्रमा ९४ उम्मेदवार (सूचीसहित)

बिहीबार, २७ असोज २०७९, १२ : २५
बिहीबार, २७ असोज २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापाका ५ क्षेत्रबाट ९४ जना उम्मेदवार चुनावी मैदानमा खडा भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्ण सिटौलालगायतका नेताहरुको चुनावी क्षेत्र रहेको झापाको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। 

झापाका पाँचै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन भर्सेस एमाले–राप्रपाबीच प्रतिस्पर्धा हुने भएको छ । उसो त झापामा राप्रपाले एमालेलाई कति इमान्दारीताका साथ सहयोग गर्छ भन्नेमा पनि उत्तिकै चासो छ । दमकका मेयर राम थापाले गत स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको सहयोगमा चुनाव जितेको र यो निर्वाचनमा उनले एमालेलाई सघाउन आनाकानी गरेको चर्चा हुँदै आएको छ  । 

झापाको कुन निर्वाचन क्षेत्रमा को–को उम्मेदवार ?
झापा क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अग्निप्रसाद खरेल उम्मेदवार छन् भने नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा प्रतिस्पर्धी रहेका छन् । यस्तै, जनता समाजवादी पार्टी, नेपालले राधा थापा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले  ओलीन राजवंशी, हाम्रो नेपाली पार्टीले ठण्डबहादुर अधिकारी, नेपालका लागि नेपाली पार्टीले मुकुन्द दाहाल, मंगोल नेशनल अर्गनाइजेसनले सन्तोष तामाङ्ग, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पदममाया लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीले चित्रहाङ जबेगु, नेपाल जनता पार्टीले रामकुमार काफ्ले, जनसमाजवादी पार्टी नेपालले रमेश बास्तोला, राष्ट्रिय स्वतन्त्र पार्टीले ओमनाथ भण्डारीलाई उम्मेदवार बनाउँदा स्वतन्त्र उम्मेदारका रुपमा बिकास राजवंशी, केन्द्रकुमारी दाहाल र विदुरकुमार खतिवडा रहेका छन् । 

झापा क्षेत्र नम्बर २ मा एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाउँदा माओवादी केन्द्रले हरिकुमार राना मगरलाई उम्मेदवार बनाएको छ  । यसैगरी, जनता समाजवादी पार्टी, नेपालले रामसुफल कामती, नेपाल मजदुर किसान पार्टीले महेन्द्र खायमली, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले  त्रीनारायण राजवंशी, नेपालका लागि नेपाली पार्टीले ज्ञानेन्द्रराज कार्की, नेपाल विवेकशील पार्टीले सन्तोष घिमिरे, मंगोल नेशनल अर्गनाइजेसनले अकलबहादुर तामाङ्ग, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले रेश्मा चेम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टीले प्रशुराम मगर, नेपाली कांग्रेस (बीपी)ले नारायणबहादुर भारती, जनसमाजवादी पार्टी नेपालले कृष्णप्रसाद गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीले रुद्रप्रसाद गिरीलाई उम्मेदवार बनाएका छन् । यस्तै, भद्रप्रसाद नेपाल, खेमराज दहाल, कुमार भट्टराई, राजकुमार तामाङ लामा र चेतकुमार खनालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

यसैगरी, झापा ३ मा कांग्रेस नेता कृष्ण सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ । यसबाहेक जनता समाजवादी पार्टी, नेपालका  वीर बहादुर राई, नेपाल मजदुर किसान पार्टीका कृष्ण गोपाल छुस्यावाग, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका देवेन्द्र किशोर ढुंगाना, जनमत पार्टीका भोट लाल राजवंशी, मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारी, हाम्रो नेपाली पार्टीका योगेन्द्रप्रसाद खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका देवीरमण भट्टराई, मंगोल नेशनल अर्गनाइजेसनका  श्यामबहादुर लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डम्बरबहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीका गजेन्द्र लिम्बु, नेपाली कांग्रेस (बीपी)का भक्तिप्रसाद पनेरु, सचेत नेपाली पार्टीका ओमप्रकाश खरेलले उम्मेदवारी दिएका छन् । 

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक तथा स्वतन्त्रबाट प्रेमप्रसाद खनाल, डम्बरबहादुर गिरी र मनोरथ राजवंशीले पनि उम्मेदवारी दिएका छन् । 

झापा ४ मा एमालेका लालप्रसाद साँवा लिम्बू, नेपाली काँग्रेसका देउकुमार थेवे, जनता समाजवादी पार्टी, नेपालका हर्कराज राई, नेपाल मजदुर किसान पार्टीका मनविक्रम कासिछ्वा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ग्यासुदिन मिया, जनमत पार्टीका सत्यनारायण राजवंशी, हाम्रो नेपाली पार्टीका युक्तप्रसाद भेटवाल, मंगोल नेशनल अर्गनाइजेसनका दिलिप धिमाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लाहान सिं तुम्बापो, राष्ट्रिय जनमुक्ति पार्टीका मनकुमार ताप्मादेन, नेपाली कांग्रेस (बीपी)का दुर्गाप्रसाद घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु प्रसाद ढकालले उम्मेदवारी दिएका छन् । यस्तै, स्वतन्त्रबाट पूर्णकुमार लिम्बु (फेजुङ्ग), लक्ष्मीनारायण खनाल, नन्दराज राई, खुम्बु ओली, किरण श्रेष्ठ र कमल बहादुर पौड्यालले उम्मेदवारी दिएका छन् । 

ओलीको निर्वाचन क्षेत्रमा को–को उम्मेदवार ?
झापा ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनले कांग्रेसका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । 

यसैगरी, जनता समाजवादी पार्टी नेपालले ओममाया आङदेम्वे, नेपाल मजदुर किसान पार्टीले रुद्रप्रसाद दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चन्द्रप्रसाद राजवंशी, जनमत पार्टीले भीम राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनले सानबहादुर मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कविन्द्र शेर्मा लिम्बु, नेश्नलिष्ट पिपल्स पार्टीले राजन चुडाल, राष्ट्रिय जनमुक्ति पार्टीले पदमबहादुर जवेगु, नेपाली कांग्रेस (बीपी)ले सेखरनाथ सेडाई, सचेत नेपाली पार्टीले रामप्रसाद पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीले शुरेसकुमार पोखरेललाई उम्मेदवार बनाएको छ । 

यसैगरी,  दीपककुमार पाठक (युग पाठक), कल्पना लावती, रोहितप्रसाद पौड्याल, रामचन्द्र बानिया, भेषराज भट्टराई, सीताराम पोख्रेल, तिर्थेश्वर चौधरी, शान्ता अधिकारी, इन्द्रमणि दाहाल, केदारनाथ चापागाई, रेवतीरमण खनाल र तुलसीराम काफ्ले स्वतन्त्र उम्मेदवार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप