बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जसपा मधेश प्रदेश समितिका उपाध्यक्ष झा राजीनामा दिने तयारीमा

बिहीबार, २७ असोज २०७९, १२ : ०८
बिहीबार, २७ असोज २०७९

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिका उपाध्यक्ष शम्भु झा पार्टीबाट राजीनामा दिने तयारीमा लागेका छन् । टिकट वितरणमा असन्तुष्ट झा हाल पार्टीमा निष्क्रिय छन् ।  एक वर्षअघि पनि उनले जसपा मधेश प्रदेश समितिको मुख्य सचिवसहित पार्टीका अन्य सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

त्यसपछि उपाध्यक्षको जिम्मेवारीमा सम्हालिरहेका उनी अहिले पुनः राजीनामा दिने तयारीमा छन् । मधेश प्रदेश समितिको उपाध्यक्ष भएपनि प्रदेशमा टिकट वितरण हुँदा आफूसँग कुनै सल्लाह नगरेको उनको गुनासो छ । ‘प्रदेशमा टिकट वितरण गर्दा न कुनै सल्लाह भयो न मलाई कुनै टिकट दियो’ उनले भने ।

नेता झा भन्छन्, ‘मैले राजीनामा दिए पनि चुनावपछि नै दिन्छु तर चुनावमा उपेन्द्र यादवलाई सहयोग गर्छु कि गर्दिन त्यो निर्णयमा अहिले पुगेको छैन ।’ पत्रकारिता पृष्ठभूमिका नेता झाले जसपाबाट राजीनामा दिए सप्तरी–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका उपेन्द्र यादवलाई असर पर्ने अनुमान गरिएको छ । अध्यक्ष यादव पनि नेता झालाई मिलाउने प्रयास गरिरहेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप