सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

दार्चुलामा ९ प्रतिस्पर्धी, बडुसँग गणेशको प्रतिस्पर्धा

बिहीबार, २७ असोज २०७९, ११ : ५१
बिहीबार, २७ असोज २०७९

प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९ प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धनबाट संघीय मन्त्री तथा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू उम्मेदवार छन् ।

एमालेले भने यहाँ गणेशसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ । राप्रपाले नरेन्द्रसिंह धामी, नेमकिपाले श्रीविश्वराज दुवाललाई उम्मेदवार बनाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले तारादत्त जोशी र राप्रपा नेपालले देवबहादुर बमलाई उम्मेदवार बनाएको छ । यहाँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले रमेशराम लुहार, नेशनलिस्ट पिपल्स पार्टीले धर्मसिंह दयाली र राष्ट्रिय स्वतन्त्र पार्टीले रविन्द्रसिंह धामीलाई उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप